संविधान संसोधन गरेर ११ वटा प्रदेश बनाउनुपर्छ : लिङ्देन


 


पाँचथर,  माघ १३

संघीय लिम्बुवान मञ्च नेपाल कुम्मायक गाउँपालिका वडा नं १ को आयोजनामा आईतबार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङ्देनले वर्तमान संविधान संसोधन गरेर ११ वटा प्रदेश बनाउनुपर्ने बताउनुभयो । उहाँले कुनैहालतमा अरुणपुर्व लिम्बुवान हुनैपर्ने उद्घोष गर्नुभयो ।

कुम्मायक गाउँपालिकास्थित यासोक बजारमा सम्पन्न कार्यक्रममा लिम्बुवान मञ्च पान्थरका अध्यक्ष सागर केरुङ,जिल्ला उपाध्यक्षद्वय दिपक खनाल,जितेन चेम्जोङ,जिल्ला सचिव बृजाहाङ आङ्देम्बे,जिल्ला सदस्य ईन्द्रध्वज सम्बाहाम्फे,भरत लावती,रामचन्द्र नेम्बाङ लगायतका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रम वडा नं १ का अध्यक्ष तुलाराम लावतिको अध्यक्षतामा सम्पन्न भएको छ ।

प्रकाशित मिति: १३ माघ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्