धुर्मुस–सुन्तली बने प्रदेश १ मा सद्भावना दूत


 


विराटनगर, माघ १३ । हास्यकालाकार एवं समाजसेवी सीताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली)लाई प्रदेश १ को सामाजिक बिकास मन्त्रालयले स्वास्थ्य प्रवद्र्धन सचेतना सद्भावना दूतमा नियुक्त गरेको छ ।

मन्त्रालयले उनीहरुलाई एक बर्षका लागि सद्भावना दूत नियुक्त गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार आयोजित समारोहमा सामाजिक विकास मन्त्रालयका निमित्त सचिव उपेन्द्र दाहाल र सीताराम कट्टेल (धुर्मुस) ले द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौता अनुसार एक बर्षका लागि धुर्मुस र सुन्तली राष्ट्रिय स्वास्थ्य नीति–२०७१ र नसर्ने रोगको रोकथाम तथा नियन्त्रण कार्यान्वयन योजना प्रर्वद्धनका लागि अभियान सञ्चालन गर्नेछन् । सद्भावनादूतले ‘एक घर, पाँच योग, पाँच जडीबुटी, पाँच वटा सकारात्मक व्यवहार’, ‘मेरो फोहर म आफैं सफा गर्छु’ र ‘समुदायको सरसफाइमा मेरो दायित्व’ लगायत जनचेतनामूलक कार्यक्रम कार्यक्रम सञ्चालन गर्नेछन् ।

प्रकाशित मिति: १३ माघ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्