मुर्तिकार मितेरीले सञ्चार क्लबलाई दिए कम्प्युटर


 


उर्लाबारी, माघ १३

पूर्वी मोरङका पत्रकारहरुको साझा संस्था सञ्चार क्लब नेपाल उर्लाबारीलाई मुर्तिकार मञ्जुल मितेरीले आज एक थान कम्प्यूटर सहयोग गर्नुभएको छ ।

उर्लाबारी–६ निवासी मुर्तिकार मितेरीले रु २६ हजार बराबरको एक थान कम्प्युटर सञ्चार क्लब नेपालका अध्यक्ष सरोज बस्नेत र संस्थापक अध्यक्ष दुर्गाप्रसाद खतिवडालाई हस्तान्तरण गर्नुभयो ।

राष्ट्रलाई १ हजार मुर्ति उपहार स्वरुप दिने घोषणा गरेर चर्चामा आउनुभएका मितेरी विश्वकै ठूलो गौतम बुद्धको मुर्ति जापानमा बनाईरहनुभएको छ । छुट्टीको समयमा केही समयअघि उर्लाबारी आउनुभएका मितेरीले सञ्चारमाध्यमकै कारण आफू यो स्थानमा पुगेको भन्दै सानो मायाको चिनो स्वरुपमा सञ्चार क्लबलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।

आगामी दिनमा पनि क्लबलाई सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । कार्यक्रम क्लबका संस्थापक अध्यक्ष दुर्गाप्रसाद खतिवडाको प्रमुख आतिथ्यतामा भएको थियो भने क्लबका पूर्व सचिब तेजन खड्काले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा पूर्वअध्यक्ष एवम् सल्लाहकार घनश्याम भण्डारी, प्रेस युनियन मोरङका उपाध्यक्ष हरि कोइरालालगायतले मन्तव्य राख्नुभएको थियो ।

प्रकाशित मिति: १३ माघ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्