थप उपचारका लागि प्रजिअलाई काठमाडौँ ल्याइँदै


 


काठमाडौँ माघ १३

शनिबार सडक दुर्घटनामा गम्भीर घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईलाई थप उपचारका लागि काठमाडौँ ल्याइने भएको छ । प्रमुख जिल्ला अधिकारी भट्टराई चढेको ना १ झ १६३३ नम्बरको स्कार्पियो सर्लाहीबाट कलैयातर्फ आउने क्रममा शनिबार राति ८ बजेर १५ मिनेटमा पूर्वपश्चिम राजमार्गको पसाह खोला पुल नजिकै दुर्घटनामा परेको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएपछि तत्काल उपचारका लागि वीरगञ्ज हेल्थकेयर अस्पतालमा भर्ना गरिएकामा उनलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं पठाउने तयारी भइरहेको बाराका प्रहरी नायव उपरीक्षक रञ्जितसिंह राठौरले जानकारी दिए । उनको टाउकोमा गम्भीर चोट लागेपछि हिजै शल्यक्रिया गरिएको थियो ।

उनी सवार स्कार्पियो ट्याक्टरसँग ठक्कर खाँदा सशस्त्र प्रहरी बलका उपरीक्षक बलराम पोखरेलको घटनास्थलमै निधन भएको थियो । उनको शवलाई काठमाडौं पठाइसकिएको बारा प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा जिप चालक र दुई सुरक्षाकर्मी पनि घाइते भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १३ माघ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्