त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ठप्प


 


काठमाडौँ, माघ १३

मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सबै उडान अवतरण ठप्प भएको छ ।  काठमाडौं उपत्यकामा सिमसिम वर्षा भइरहेको र भिजिबिलिटी एकदमै कम छ ।

त्यसैले विहानैदेखि अन्तर्राष्ट्रिय र राष्ट्रिय उडान अवतरण बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।

टाढाबाट आएका विमानहरु नजिकको एयरपोर्टमा डाइभर्ट भएको र नजिकका एयरपोर्टबाट काठमाडौं हुने उडान रोकिएको उहाँले जानकारी दिनुभयो ।

मौसमविद समिर श्रेष्ठका अनुसार एयरपोर्ट क्षेत्रमा पानी पर्न रोकिए पनि भिजिबिलिटी १ सय मिटरमा झरेको छ । तर उडान अवतरणका लागि १५ सय मिटरसम्म भिजिबिलिटी चाहिने भएकाले उडान अवतरण हुन सकेको छैन । उडान हुन नसक्दा बिहानै एयरपोर्ट पुगेका यात्रुहरु बिचल्लीमा परेका छन् ।

प्रकाशित मिति: १३ माघ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्