नेपाललाई जनकपूर–जयनगर रेलमार्ग यसै महिनाभित्र हस्तान्तरण हुने ,


 


काठमाडौं माघ १२,
भारतको कुर्था हुँदै जयनगरबाट जनकपुर आउने रेलमार्ग यसै महिनाभित्र नेपाल सरकारलाई हस्तान्तरण हुने भएको छ ।

३५ किलोमिटर दुरीको सो मार्ग माघ अन्तिमसम्म नेपाल सरकारलाई हस्ताातरण गर्ने गरी प्रक्रिया अघि बढाएको रेल विभागले जनाएको छ । विभागका महानिर्देशक बलराम मिश्रका अनुसार सर्टिफिकेशनको काम अन्तिम चरणमा पुगेकाले यसै महिनाभित्रमा सो मार्ग हस्तान्तरण हुनेछ । जनकपुर–जयनगर–बर्दिबास ७० किलोमिटरको सो परियोजनाको अन्र्तगत पहिलोचरणमा जयनगर–जनकपुर खण्डको मात्र प्रक्रिया अघि बढ्ने उहाँले बताउनुभयो । जनकपुर–बर्दिबास खण्डको काम सक्न अझै ६–७ महिना लाग्ने भएकाले सो खण्डको हस्तान्तरणमा समय लाग्ने उहाँको भनाई छ ।

७० किलोमिटर लामो मार्ग भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको हो । सो मार्गको दुबै पक्षका अधिकारीले केही साता अघि परिक्षण समेत गरेका थिए । यसैबीच भारतबाट खरिद गर्ने भनिएको रेल ल्याउने प्रक्रियापनि अन्तिम चरणमा पुगेको रेल विभागले जनाएको छ ।

१ ईन्जिनसहित ५ वटा डिब्बा भएको रेल खरिदको प्रक्रिया अन्तिम चरणमा पुगेको महानिर्देशक मिश्रले बताउनुभयो । मन्त्रीपरिषदबाट स्वीकृती भएलगत्तै बाँकी प्रक्रिया पुरा गरी रेल ल्याउने गृहकार्य भइरहेको उहाँको भनाई छ । ५० करोड नेपाली रुपैयाँ पर्ने सो रेलमा १३ देखि १४ सय यात्रुले यात्रा गर्न सक्ने बिभागले जनाएको छ । सुरुवातमा त्यसको प्राबिधिकपनि भारतबाटै ल्याउने र पछि स्वदेशी प्राबिधिक तयार पार्ने हिसाबले सम्झौता हुने महानिर्देशक मिश्रले बताउनुभयो ।

प्रकाशित मिति: १२ माघ २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्