उर्लाबारीका आगलागी पिडित थापालाई आर्थिक सहयोग


 


उर्लाबारी, माघ १२

मोरङको उर्लाबारी नगरपालिका – ७ का आगलागी पिडित रामबहादुर थापालाई शनिवार रु १९ हजार ५० सहयोग गरिएको छ । उर्लाबारीकी सामाजिक महिला नेतृ ममता रानाको नेतृत्वमा बेसिक जिम सेन्टर लगायतका क्षेत्रबाट संकलन गरिएको सो रकम पिडित थापालाई हस्तान्तरण गरिएको हो ।

पिडित थापालाई उर्लाबारीका टंक पौडेलबाट रु ५ हजार, भगेन्द्र भट्टराईबाट रु दुई हजार, सर्वजित भण्डारीबाट रु ३ हजार, डम्मरी मगरबाट १ हजार ५०५, नविनकुमार श्रेष्ठ, एलिशा आलेमगर, सम्झना राई, गिता खड्का, राज धिमाल, उत्तम बिक्रम धिमाल र दिपक गौतमबाट जनही एक हजार ५ गरी जम्मा १९ हजार ५० रुपैया सहयोग गरिएको हो ।

थापाको घरमा गत पुस ९ गते साँझ आगलागी हुँदा उहाँकी ४५ वर्षिया बुहारी रिना थापाको मृत्यु भएको थियो भने घर पुरै जलेर नष्ट हुँदा रु ५ लाख बराबरको क्षति भएको थियो ।

प्रकाशित मिति: १२ माघ २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्