मदन भण्डारी देशकै सच्चा नेता – खेलकुद मन्त्री सुनार


 


तेजबहादुर बन इटहरी माघ १२ स्व.जननेता मदन भण्डारी राष्ट्रकै एक सच्चा नेता रहेकाे युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार विश्व कर्माले बताएका छन । शनिबारबाट सुनसरीकाे इटहरीमा सुरू भएकाे दोस्रो मदन भण्डारी स्मृति अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपकाे उदघाटन गर्दै मन्त्री सुनारले यस्ताे बताएका हुन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री सुनारले पछिल्लाे राजनीतिक घटना क्रमहरूलाइ हेर्ने हाे भने स्व. जन नेता मदन भण्डारीले दिएकाे शिक्षा अपरिहार्य रहेकाे अाैल्याए ।

सच्चा देश भक्त र मातृभक्त रहेका स्व नेता भण्डारीबाट अहिलेका राजनीतिक दलका नेताहरूले धेरै कुरा सिक्नुपर्ने समेत मन्त्री सुनारले बताए । यसै बिच शनिबारबाट सुरू भएकाे दोस्रो मदन भण्डारी स्मृति अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपकाे उदघाटन खेलमा मेची नेत्रालयले दाफिन्स फुटवल क्लव क्यामरुन लाई हराएर विजयी सुरुवात गरेको छ ।

इटहरीस्थित क्षेत्रीय रंगशालामा भएकाे पहिलाे खेलमा मेची नेत्रालय काकडभित्ताले दाफिन्स फुटवल क्ल्ब क्याम्रूनलाइ ३ का बिरूद्ध ४ गाेल गर्दै पहिलाे बिजयी सुरूवात गरेकाे छ । कुल ९० मिनेटकाे समयमा दुवै तर्फबाट कुनै गाेल हुन नसकेपछि खेल ट्राइब्रेकरमा धकेलिएकाे थियाे ।

मुलुक भित्रका छ वटा टिम र मुलुक वाहिरका दुई टिम गरी कुल आठ टिमको सहभागिता रहेको यस गाेल्डकपमा भाेली आइतबार मनाङ मस्याङदि काठमाण्डाै र आयाेजक जागृति क्लब इटहरी बिच राेमाञ्चक प्रतिस्पर्धा हुने भएकाे छ । कार्यक्रम राष्ट्रिय जागृति क्लबका अध्यक्ष सञ्जिव ढुंगानाकाे सभापतित्वमा सम्पन्न भएकाे थियाे ।

प्रकाशित मिति: १२ माघ २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्