कांग्रेसका युवा नेता नेकपामा प्रवेश


 


काठमाडौं, माघ १२
नेपाली काङ्ग्रेसका युवा नेता उपेन्द्र घिमिरे कांग्रेस परित्याग गरी नेकपामा प्रवेश गर्नुभएको छ ।

लामो समय देखि नेपाली काङ्रेस खोटाङमा क्रियाशिल हुँदै विभिन्न जिम्मेवारीमा रहेर कार्यरत घिमिरेलाई खोटाङका प्रतिनिधि सभा सदस्य एबम नेकपाका केन्द्रिय सदस्य विशाल भट्टराई र युवा संघ नेपालका केन्द्रिय अध्यक्ष रमेश पौडेलले आज एक कार्यक्रमकाबीच भक्तपुर राधे राधेमा पार्टी प्रवेश गराउनु भएको छ।

कार्यक्रममा नव प्रवेशी उपेन्द्र घिमिरेले नेपाली काङ्ग्रेसले पुरातन सोच बोकेको र आम जनताका हितमा काम गर्ने एजेन्डा त्याग्दै गएको र गैरजिम्मेवार बन्दै गएको हुनाले अबका दिनमा नेकपामा रहेर काम गर्न पार्टी परित्याग गरेको बताउनुभयो ।

वहाँ एक चर्चित ब्यवसायी समेत हुनुहुन्छ। कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एबम प्रतिनिधि सभा सदस्य विशाल भट्टराइले सरकारले समृद्दी अभियान मार्फत मुलुकको विकासमा नया फड्को मार्न विभिन्न कार्यक्रम अगाडि सारेको र केही समय देखि ब्यवहारमा देखिने बताउनु भयो।

वहाँले मुलुक निर्माणको यो महान अभियानमा अब सबैले आफै अग्रसरता लिनु पर्ने बताउनु भयो। त्यस्तै कार्यक्रममा युवा संघ नेपालका केन्द्रिय अध्यक्ष रमेश पौडेलले अब सबै युवाहरु नेकपामा आबद्द भएर अगाडि बढ्नु आजको आवश्यकता रहेको बताउनुभयो।

उहाँले नेपाललाई अबको केही समयमा विकशित नेपाल बनाउनु पर्ने राष्ट्यिर दायित्व आम युवाको रहेको बताउनुभयो। साथै उहाँले अब एकैपटक १० लाख युवालाई एक अभियान मार्फत समृद्दी अभियानमा जोड्न संघले कार्यक्रम तय गरेको बताउनुभयो।

कार्यक्रम मा समाज सेवि एबम नेकपाका नेता गोपी न्यौपानेले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो भने नेकपाका युवा नेता पारुहाङ्ह राई र सन्जिब रोकाहाको समेत उपस्थिती थियो।

प्रकाशित मिति: १२ माघ २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्