मदिरा सेवन नै कलेजो प्रत्यारोपण गर्नुपर्ने मुख्य कारण ’
लस एन्जलस । (रासस÷सिन्ह्वा) ः कलेज विग्रिएर प्रत्यारोपण गर्नु पर्नाको मुख्य कारण मदिरा रहेको एक अध्ययनले देखाएको छ ।
क्यालिफोर्निया–सान फ्रान्सिस्को विश्वविद्यालमार्फत् गरिएको सर्वेक्षणको २०७५ माघ ८ गते मंगलबार सार्वजनिक प्रतिवेदन प्रतिवेदनले मदिरा नै कलेजोसम्वन्धी रोगको मुख्य कारण भएको पाइएको देखाएको छ ।
कलेजो प्रत्यारोपण गरिएका ३२ हजार जनामा गरिएको सर्वेक्षणले यस्तो देखाएको सर्वेक्षणकर्ताहरुले जनाएका छन् ।
सन् २०१२ देखि २०१६ सम्ममा २४.२ देखि ३६.७ प्रतिशत सम्म कलेजोसम्वन्धी विरामीहरु मदिराका कारण विरामी भएको पाइएको अध्ययनले देखाएको छ ।
प्रकाशित मिति: १२ माघ २०७५, शनिबार