अमेरिकाको बिरुद्धमा काठमाण्डौँमै सुरु भयो विरोध प्रदर्शन


 


काठमाडौं, माघ १२

अमेरिकन साम्राज्यवाद विस्तार विरोधी संगठन भनिने समूहले अमेरिकी दूतावास महाराजगञ्ज अगाडि विरोध प्रदर्शन गरेको छ ।शनिबार दिउँसो ४ बजेदेखि ४ः३० बजेसम्म उनीहरु दूतावास अगाडि भेला भई विरोध प्रदर्शन गरेका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुयलाको राष्ट्रपतिमा विपक्षी नेतालाई समर्थन जनाएपछि ट्रम्पको चौतर्फी विरोध भएको छ । सोही क्रममा सो समूहले अमेरिकी हस्तक्षेप मुर्दावाद भन्दै विरोध प्रदर्शन गरे ।

उनीहरुले अमेरिकी साम्राज्यवादविरुद्ध एक हौं, अमेरिकी साम्राज्यवाद मुर्दावाद भन्दै दूतावास अगाडि विरोध प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति: १२ माघ २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्