नेपाली क्रिकेटर रोहितले बनाए विश्वमै यस्तो रेकर्ड


 


काठमाण्डौँ, माघ १२

नेपाली क्रिकेट टिमका ब्याट्सम्यान रोहितकुमार पौडेल सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने विश्वकै पहिलो खेलाडी भएका छन् ।
आईसीसीले मान्यता दिएको एक दिवसीय क्रिकेट प्रतियोगितामा रोहितले आज यूएईविरुद्ध अर्धशतक पूरा गरेका हुन् ।

उनले यसअघि पाकिस्तानका साइद अफ्रिदीको नाममा रहेको सबैभन्दा कम उमेरमा प्रहार गरेको अर्धशतकको रेकर्ड ब्रेक गरेका हुन् । अफ्रिदीले सन १९९६ मा श्रीलंकाविरुद्ध अर्धशतक बनाएका थिए ।

त्यतिबेला अफ्रिदी १६ बर्ष २१७ दिनका थिए । रोहितकुमारले बनाएको ५८ बलमा ५५ रन पनि कीर्तिमानी सावित भएको छ । यससँगै १६ वर्ष १४६ दिनका रोहित अन्र्तराष्ट्रिय क्रिकेटमा पहिलो अर्धशतक बनाउने युवा पुरुष खेलाडी बनेका हुन् ।

यसअघि भारतीय खेलाडी सचिन तेन्दुलकरको नाममा यो रेकर्ड रहेको थियो । उनले १६ वर्ष २१३ दिनको उमेरमा पाकिस्तानविरुद्धको टेस्ट क्रिकेटमा ५९ रन बनाएका थिए । युएईविरुद्ध आज अर्धशतक बनाएका रोहित कुमार पौडेलको उमेर १६ बर्ष १४६ दिन हो । जुन अफ्रिदीभन्दा रोहित ७१ दिनले कान्छो छन् ।

प्रकाशित मिति: १२ माघ २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्