नेकपाका प्रभावशाली युवा नेताको मागः गोविन्द केसीलाई पक्राऊ गरौं


 


काठमाडौं १२ माघ- संसदको बहुमतले चिकित्सा शिक्षा विधेयक पारित गरेपछि त्यसको समर्थन र विरोधमा सामाजिक सञ्जाल भरिएका छन् ।

विधेयकको पक्ष र विपक्षमा सत्तारुढ दलका नेता, कार्यकर्ता र समर्थक तथा गोविन्द केसी पक्षधर दल, तिनका कार्यकर्ता र समर्थक उग्र बहसमा उत्रिएका छन् । नेकपाका प्रशावशाली युवा नेता तथा अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले डा. गोविन्द केसीलाई पक्राउ गर्न माग गरेका छन् ।

केसीले प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यबारे निकृष्ट अभिव्यक्ति दिएकाले उनलाई पक्राउ गर्नुपर्ने माग बस्नेतको छ । बस्नेतले अरुलाई नैतिकताको पाठ पढाउन खोज्ने केसीले आफैं त्रिभुवन विश्वविद्यालयको तलबभत्ता खाएर विद्यार्थी पढाउन र अपरेशन गर्न छाडेर नरन्तर आन्दोलन र अनशन गरिरहेको प्रसंग उल्लेख गर्दै देशका प्रतिष्ठित ब्यक्तित्वहरुलाई चोर, डाँका, माफिया आदि भन्दै अनादरार्थी तुच्छ गाली गर्ने गरेको र पछिल्लोपटक आफैंले जागिर खाने विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीमाथि लिखित रुपमा निकृष्ट शब्द प्रयोग गरेकाले उनलाई विन्द केसीलाई तत्काल गिरफ्तार गरी कारबाही गर्नुपर्ने तर्क गरेका छन् ।

बेलाबेलामा देशका प्रतिष्ठित व्यक्तित्वहरुलाई चोर, डाका, माफिया आदि भन्दै अनादरार्थी तुच्छ गाली गर्ने पनि छँदैछ । हुँदाहुँदा आफैंले जागिर खाने विश्वविद्यालयका कुलपतिसमेत रहेका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई लिखित रुपमा नै जुन निकृष्ट शब्द प्रयोग गरेका छन्, त्यस आधारमा डा. गोविन्द केसीलाई तत्काल गिरफ्तार गरी कारबाही गर्नुपर्छ, बस्नेतले भनेका छन् ।

शुक्रबार संसदको बहुमतले आफ्ना माग सम्बोधन नगरी चिकित्सा शिक्षा विधेयक पारित गरेको भन्दै विज्ञप्ति जारी गरेर केसीले प्रधानमन्त्री ओलीको राजीनामा मागेका थिए । विज्ञप्तिमा केसीले प्रधानमन्त्रीको स्वास्थ्य र उनले सेवन गरिरहेको औषधिका कारण निर्णय क्षमता प्रभावित भएको कठोर टिप्पणी गरेका थिए ।

प्रकाशित मिति: १२ माघ २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्