संविधान र कानून भन्दा माथि कोही छैनन्ः प्रधानमन्त्री ओली


 


काठमाडौं १२ माघ – स्विट्जरल्यान्डको डाभोसमा आयोजित विश्व आर्थिक मञ्चको ४९ औं बैठकमा सहभागी भएर स्वदेश फिर्ता भएका प्रधानमन्त्री केपी शर्मा ओलीले सबैले आ–आफ्नो मर्यादामा बस्नुपर्ने बताएका छन् ।

शनिबार बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भीआईपी कक्षमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले संविधान, कानून र संस्थाहरुभन्दा माथि कोही नभएको र सबैले यसलाई मर्यादा गर्न सिक्नुपर्ने बताए ।

विमानस्थलमा पत्रकारहरुले प्रधानमन्त्री ओलीलाई तपाईले गोविन्द केसीसँग गरेको सम्झौताविपरीत संसदबाट चिकित्सा विधेयक पारित भएको छ, यसमा के भन्नुहुन्छ भन्ने प्रश्न सोधेका थिए । प्रधानमन्त्री ओलीले डा। केसीको नाम लिएनन्, तर आवेश र उत्तेजनामा नआई देशको हितमा सोच्नुपर्ने बताए ।

संसदमा विपक्षी दलको विरोधका वावजुत विधेयक पारित भएको विषयमा प्रधानमन्त्री ओलीले लोकतन्त्रमा यस्तो हुनु स्वाभाविक हुने भन्दै उधुम विषय नभएको प्रतिक्रिया दिए ।

प्रकाशित मिति: १२ माघ २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्