अाजकाे राशिफल


 


अाज मिति वि.सं. २०७२ साल मंसिर ९ गते बुधबार। इश्वी सन् २०१५ नोभेम्बर २५ तारिख। नेपाल संवत् ११३६ कछला थ्व। कार्तिक शुक्लपक्ष। तिथि– पूर्णिमा, २८:२२ बजेउप्रान्त प्रतिपदा। तपाइकाे अाजकाे राशिफल हेर्नुहाेस्

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। मनग्य धन आर्जन होला। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले साथ दिनेछन्। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

सुरुमा खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। चुनौतीहरू पन्छाउ“दै रोकिएका काम बनाउन सकिनेछ। छर–छिमेकमा असमझदारी बढ्ने योग देखिए पनि मध्याह्नपछि स्थितिमा सुधार आउनेछ। प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। पारिवारिक भेटघाटले खुसियाली छाउनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

गरेका कामबाट प्रशस्त धन लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। पढाइलेखाइमा प्रगति हुनेछ। नयाँ ज्ञान प्राप्त हुने योग छ। पारिवारिक आवश्यकता पूर्ति होला। मध्याह्नदेखि केही मात्रामा खर्च बढ्न सक्छ। तापनि, दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ। टाढाको यात्रा गर्ने अवसर जुट्न सक्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ। मेहनत गर्दा कीर्तिमानी काम सम्पादन हुन सक्छ। विभिन्न अवसर पाइनेछ। काममा मातापिताको सहयोग प्राप्त होला। मध्याह्नदेखि सरसापटमा धन खर्च हुन सक्छ। आम्दानी बिगार्नेहरू सक्रिय हुनेछन्। प्रलोभनले आफ्नो स्वतन्त्रतामा बाधा पुर्याउन सक्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। कीर्तिमानी काम सुरु गर्ने समय छ। धेरैले साथ दिनेछन्। मध्याह्नपछि काम गर्ने अवसर मिले पनि प्रतिफल हात पार्न नसकिएला। आशा देखाउनेहरूले धोका दिन सक्छन्। लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

काम बिग्रने भयले सताउला। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ। मध्याह्नपछि सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका काम समेत सम्पादन हुनेछन्। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। मंगलमय कृत्य सम्पादन गर्ने वा तीर्थाटनको योग छ। भाग्योन्नतिको समय छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

केही समस्या देखिए पनि दिन मनोरञ्जनपूर्ण रहनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। सोख पूर्तिका लागि खर्च बढ्ला। मध्याह्नपछि भने सानातिना समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्यगत समस्याले पनि सताउन सक्छ। उपचारमा खर्च हुनेछ। स्वास्थ्य र आर्थिक गतिविधिमा सचेत रहनुहोला।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नपर्ला। तापनि, प्रयत्न गर्दा शत्रुहरूलाई तह लगाउन सकिनेछ। रोकिएका काम बन्नुका साथै धेरै योजना फलीभूत हुनेछन्। मध्याह्नपछि पतिपत्नीमा पनि अविश्वास बढ्न सक्छ। व्यवसायतर्फ सामान्य आम्दानी भइरहनेछ। हठ गर्ने बानीले दुःख पाइएला। यात्रामा पनि धनमाल हराउन सक्छ, सचेत रहनुहोला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

सुखद समाचारले अझ उत्साह बढ्नेछ। पढाइलेखाइमा प्रगति हुनेछ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। रचनात्मक कार्यमा जुट्नाले प्रशस्तै फाइदा हुनेछ। गुरुजनको विशेष सहयोग जुट्नेछ। मध्याह्नपछि आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्। सरकारी कडिकडाउको सिकार भइनेछ। फाइदाका लागि योजनाहरू गोप्य राख्नुहोला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

सुरुमा समस्या देखिए पनि बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ। परिवारजनमा आत्मीय भाव बढ्नेछ। भूमि तथा मातृधनबाट लाभ लिने समय छ। महत्वाकांक्षी योजना फलीभूत होलान्। पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। कामबाट प्रतिष्ठा मिल्नेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिस्पर्धी परास्त होलान्। आम्दानी राम्रैगरी बढ्नेछ। सहयोगीहरूले पनि साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। पराक्रम र उत्साह बढ्नेछ। मध्याह्नपछि अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ मिल्नेछ। विगतका कमजोरीलाई सुधार गर्ने मौका छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ। मध्याह्नपछि नयाँ काम सुरु भए पनि सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिन सक्छन्।

प्रकाशित मिति: ९ मंसिर २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्