सांसद गगन थापाको भ्यागुते उफ्राइ, मुडभेडमा आए हातमा दही जमाएर बस्दैनौं


 


काठमाडौँ, १२ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली युवाहरुको संगठन युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले प्रमुख प्रतिपक्षिदल नेपाली कांग्रेसका नेता गगन थापाले संसदमा गरेको व्यवहारलाई कडा रुपमा प्रतिवाद गर्दै उनको भ्यागुते उफ्राईको कुनै औचित्य नभएको बताउँदै मुडभेडमा आए युवा संघ हातमा दही जमाएर नवस्ने चेतावनी दिनुभएको छ ।

राष्ट्रिय चिकित्सा विधेयक २०७५ संसदमा बुहमतले पारित गरेको अवसर तथा नेकपा केन्दीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको जन्मदिनको अवशरमा युवा संघ नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष पोडेलले युवा विद्यार्थीको भाग्य र भविष्यमाथि कसैले कुठाराघात गर्ने प्रयास गरेमा त्यसको सदैव प्रतिकार गर्ने बताउनुभयो ।

लाखौं युवाहरुको भाग्य र भविष्यसँग जोडिएको राष्ट्रिय शिक्षा विधेयक संसदबाट पारित हुनु युवा विद्यार्थीहरुको लागि ऐतिहासिक उपलब्धी भएको बताउँदै अध्यक्ष पौडेलले संसदमा प्रतिपक्षिदल कांग्रेसले अवरोधको प्रयास गर्नु हतास मानसिकता उपज भएको बताउनुभयो । उहाँले संसदमा कांग्रेसले गरेको व्यवहारको आम नेपाली जनताले मुल्याङ्कन गरिरहेको बताउँदै त्यसको हिसाव किताव जनता तथा युवाले दिने बताउनुभयो ।

राष्ट्रमा अराजकता निम्त्याउँदै मुडभेडको बाटोमा लाग्ने प्रयास गर्नु कांग्रेसले आफ्नो राजनीतिक भविष्य अन्धकारको बाटोमा लागेको बताउनुभयो । उहाँले डा. केसी तथा विपी तथा शुसील कोइरालाको नाममा रहेको अस्पतालको बहाना संसद अवरुद्ध गर्नु केटाकेटी पन भएको समेत बताउनुभयो ।

राष्ट्र र राष्ट्रियताको पक्षमा जहिले पनि सडक अग्र मोर्चाको रुपमा युवा संघ रहेको बताउँदै अध्यक्ष पोडेलले डा. गोविन्द केसीको अनसन युरोपियन युनियन तथा डलरको भरमा भएको समेत बताउनुभयो ।

अनावश्यक माग राखी गरिएको अनसन तथा संसद अवरुद्धमा वर्तमान सरकार विचलित नभई अघि बढ्ने बताउँदै अध्यक्ष पौडेलले विधेयक पारित हुनु विधि र पद्धतिको जित भएको बताउनुभयो । त्यस्तै उहाँले सिटिइभिटी मास्न पाइदैन, डा. केसीको अनसन चाहिँदैन भन्ने कुरालाई आत्मसात् गर्दै स्वतस्फूर्त रुपमा युवाहरु सडकमा होमिएको समेत बताउनुभयो अन्लाईन पोस्टको सहयोगमा

प्रकाशित मिति: १२ माघ २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्