पूर्व बडामहारानीको जन्मोत्सव मनाउन २५६९ सदस्यीय समिति


 


काठमाडौं पूर्व बडामहारानी कोमल शाहको ६९औँ जन्मोत्सव हर्षोल्लासका साथ नागरिक तहबाट मनाउने प्रयोजनार्थ ‘शुभ जन्मोत्सव नागरिक मूल समारोह समिति २०७५’ गठन गरिएको छ ।

आगामी फागुन ६, ७ र ८ गते तीन दिन विभिन्न कार्यक्रम सञ्चालन गरी पूर्व बडामहारानीको जन्मोत्सव मनाउन समाजसेवी शान्ता श्रेष्ठको अध्यक्षतामा २५ सय ६९ सदस्यीय सल्लाहकार एवम् सदस्यहरू रहेको समिति गठन गरिएको हो ।

समितिका महासचिव राधेश्याम थापाका अनुसार जन्मोत्सव समारोेहलाई सुचारु रूपले सञ्चालन गर्न श्रेष्ठकै अध्यक्षतामा उल्लेखित समितिका पदाधिकारी तथा सदस्य संलग्न ५ सय ४५ सदस्यीय व्यवस्थापन समिति समेत गठन गरिएको छ ।

पूर्व बडामहारानी कोमलको ६९औँ जन्मोत्सव विभिन्न कार्यक्रम सञ्चालन गरी अटल आस्था र श्रद्धा–भक्तिका साथ हर्षोल्लासपूर्वक मनाइने तयारी शुरु गरिएको र व्यवस्थापन समितिमा सामाजिक, धार्मिक, राजनीतिक, सांस्कृतिक, शैक्षिक, पत्रकार, न्यायिक क्षेत्र तथा खेलकुद क्षेत्रलगायत विभिन्न क्षेत्रका व्यक्ति–व्यक्तित्व संलग्न रहेका पनि महासचिव थापाले बताए ।

प्रकाशित मिति: १२ माघ २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्