राहुल गान्धीले मोदीलाई भने- धम्काउन र तर्साउन छोड


 


rahul-vs-modiएजेन्सी, मंसिर ८

भारतीय विपक्षी दल काँग्रेस उपाध्यक्ष राहुल गान्धीले मोदी सरकारले धम्काउने, तर्साउने र हेप्ने काम बन्द गर्नु पर्ने बताएका छन् । देशका नागरिकसँग पुग्नुको साटो हेप्ने र धम्काउने ब्यवहार बन्द गर्नु पर्ने उनको सुझाव छ ।

मोदी र उनको सरकारलाई प्रश्न गर्नेहरुमाथि झम्टिनु अघि घटनाको वास्तविकता बुझ्नु राम्रो हुने राहुलको सुझाव छ । मोदी सरकारले समस्या समाधान गर्ने भन्दा पनि धम्काउने र तर्साउन मात्र काम गरेको उनको आरोप छ ।

मोदी सरकार आएपछि भारतमा असहिष्णुता बढेको भन्दै ब्यापक बहस चलिरहेको समयमा बलिउड अभिनेता आमिर खानको समर्थन गरेका राहुलले मोदीलाई समस्याको गहिराइ बुझ्न सुझाव दिएका हुन् । नरेन्द्र मोदी सरकारका मन्त्री मुख्तार अब्बासले आमिर खान भारतमा असुरक्षित नरहेको भन्दै आमिर खानले राजनीति गर्न खोजेको टिप्पणी गरेका थिए ।

एक अवार्ड समारोहमा बोल्दै आमिर खानले आफ्नी पत्नी किरण रावले देशमा बस्न असुरक्षित महसुस गरिरहेको बताएका थिए । उता अभिनेता अनुपम खेरले पनि आमिरको अभिब्यक्तिप्रति आपत्ति जनाएका छन् ।

भारतको प्रशंसा गर्ने आमिरले कसरी भारतलाई असहिष्णु देखे भनेर आमिरले प्रश्न गरेका छन् । उनले भारत छोडेर कुन देश जाने हो भनेर प्रश्न समेत गरेका छन् । यस अघि भारतमा असहिष्णुता रहेको भनेपछि विवादमा परेका शाहरुख खानलाई पाकिस्तान जान समेत सुझाव दिइएको थियो ।

प्रकाशित मिति: ८ मंसिर २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्