आज दिनभर पानी पर्ने !


 


काठमाण्डौँ, माघ १२

शुक्रबारदेखि नै देशभरी कै मौसम बदली भई धेरै ठाउँमा पानी परिरहेको छ । पश्चिमी वायुको प्रभावले शनिबार देशभरी कै मौसम बदली भई धेरै ठाउँमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद राजु प्रधानाङ्गका अनुसार शनिबार केहीबेर मौसम खुलेपनि फेरि बदली भई पानी पर्नेछ । ठूलो पानी पर्ने सम्भावना भने नरहेको उहाँले बताउनुभयो । यस्तै, उच्च पहाडी तथा हिमाली भेगमा हिमपात पनि हुने मौसमविद् प्रधानाङगले बताउनुभयो ।

आइतबारदेखि भने देशभरी कै मौसममा सुधार आउने उहाँको अनुमान छ । पानी पर्न रोकिएपछि बिहान बेलुकी भने चिसो बढ्नेछ ।

प्रकाशित मिति: १२ माघ २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्