हामी जिउँदो निर्मला हौं तर कसले न्याय दिन्छ ? बम दिदी बहिनी (भिडियो) सहित


 


काठमाण्डौं । निर्मला हत्याकाण्डमा मुछिएका कञ्चनपुरका दिदीबहिनी बबिता र रोशनी बम सुरक्षा माग गर्दै काठमाडौं आएका छन् ।

आफूहरुलाई केही महिलाअधिकारकर्मीले निरन्तर धम्क्याएको उनीहरुको भनाइ छ । बम दिदी–बहिनीलाई कतिपय मानवअधिकार संस्थाका रिपोर्टमा घुमाउरो रुपले आरोपित गरिएको थियो भने सामाजिक सञ्जालमा उनीहरुमाथि तीव्र आक्रोस पोखिएको थियो ।

स्थलगत भनिएको मानवअधिकार संगठनको प्रतिवेदनमा दिदी बबितालाई ‘बारमा काम गर्ने’ भनेर हचुवा विवरण दिइएको छ । सोही प्रतिवेदनका आधारमा मिडियामा समाचार आएपछि सामाजिक सञ्जालमा उनीहरु निशानामा परेका हुन् ।

दिदीबहिनीको मानवअधिकारको प्रश्न उठाउँदा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत आलोचित बनेका थिए । प्रहरीले दुवैलाई पक्राउ गरेर अनुसन्धान गरे पनि उनीहरुबिरुद्ध कुनै प्रमाण भेट्न सकेन । तर पनि बम दिदी–बहिनीमाथि कारवाही गर्नुपर्छ भन्नेहरुको स्वर थामिएन । अहिले पनि धेरैले उनीहरुलाई नै मुख्य अभियुक्त ठानिरहेका छन् । थप भिडियो हेर्नुहोस भिडियोमा

प्रकाशित मिति: ११ माघ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्