अाजकाे राशिफल


 


अाज मिति वि.सं. २०७२ साल मंसिर ८ गते मंगलबार। इश्वी सन् २०१५ नोभेम्बर २४ तारिख। नेपाल संवत् ११३६ कछला थ्व। कार्तिक शुक्लपक्ष। तिथि– त्रयोदशी, ०८:२७ बजेदेखि चतुर्दशी ३०:१८ बजेउप्रान्त पूर्णिमा। तपाइकाे अाजकाे राशिफल हेर्नुहाेस्

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

पारिवारिक जमघटमा मन रमाउनेछ। तर, भेटघाटको अलमलले नोक्सान पुर्याउन सक्छ। नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ। स्वादिष्ट भोजनमा मन रमाउनेछ। अध्ययनमा मन नलागे पनि आत्म–विश्वास बढ्नेछ। रोकिएका काम बिस्तारै बन्नेछन् भने नयाँ काम समेत पाइनेछ।स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चुनौती देखिए पनि स्वाभिमानको रक्षा गर्न सकिनेछ। दिगो आम्दानी हुने काम फेला पार्न सकिनेछ। बलमिच्याइँले हानि पुर्याउन सक्छ। फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्। धैर्यले काम लिँदा प्रतिस्पर्धीलाई उछिन्न सकिनेछ। नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ फेला पर्नेछन्। लामो यात्रा सम्भावना छ। अनजानको गल्तीले हानि पुर्याउन सक्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

लाभ हुने काम प्रारम्भ गर्ने समय छ। साझेदारीमा पनि फाइदा हुनेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ। आम्दानी बढढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रसन्नता पनि मिल्नेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। नयाँ रोजगारी प्राप्त हुन सक्छ। भूमि र वाहनको उपयोगबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका काम समेत सम्पादन हुनेछन्। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ। मंगलमय कृत्य सम्पादन गर्ने समय छ। तीर्थाटनको अवसर प्राप्त हुनेछ। धेरैले तारिफ गर्नेछन्। कीर्तिमानी काम सम्पादन हुन सक्छ। प्रतिष्ठा कमाउने बेला छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

पहिलेका समस्या दोहोरिन सक्छन्। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। मुख्य काममा बाधा हुने देखिन्छ। सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ। सवारीमा सावधानी अपनाउनुहोला। लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। पढाइलेखाइमा पनि समय दिन नसकिएला सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन्, सजग रहनुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

अलि बाध्यताका काममा जुट्नुपर्ला। केही विवादमा समेत परिने योग छ, सचेत रहनुहोस्। तापनि, दिन मनोरञ्जनपूर्ण रहनेछ। व्यावसायिक यात्रा सम्भावना छ। आम्दानी प्रशस्तै बढ्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेमको बन्धन कसिने बेला छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ने समय छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

सफलताका लागि प्रतिस्पर्धा गर्नुपर्ने समय छ। शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती समेत सामना गर्नपर्ला। तापनि, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ। व्यापार तथा उद्योगतर्फ फाइदाकै योग छ। यात्राको व्यवस्थापनमा खर्च हुनेछ। द्वन्द्व तथा प्रतिस्पर्धामा सावधानीसाथ जुट्नुपर्नेछ। व्यावसायिक काममा फाइदा उठे पनि तत्काल खर्च समेत गर्नुपर्ला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

लगनशीलताले बिस्तारै उपलब्धि दिलाउनेछ। प्रयत्न गरेका काम ढिलै भए पनि सम्पादन हुनेछन्। पढाइलेखाइमा सामान्य प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला। व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ। ठूला व्यक्तिबाट काममा बाधा हुनेछ भने सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

हडबड गर्दा काम बिग्रन सक्छ। हातमा आएको मौका गुम्ने देखिन्छ, सचेत रहनुहोला। स्थायी सम्पत्तिमा केही विवाद आउला। परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउला। तापनि, बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई बिस्तारै सुधार गर्न सकिनेछ। महत्वाकांक्षी योजना पनि बिस्तारै फलदायी हुनेछन्। पशु, भूमि र मातृधनबाट सामान्य लाभ मिल्नेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ। कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ। पराक्रम र उत्साह बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। प्रतिस्पर्धी परास्त होलान्। सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

सजिलै काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सहयोगीहरूले काममा साथ दिनेछन्। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ।

प्रकाशित मिति: ८ मंसिर २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्