संसदमा भिडन्त रोक्न बैठक कक्षमै सयजना मर्यादापालक


 


काठमाडौं, माघ ११

प्रतिनिधिसभाको आजको बैठकमा भिडन्तको संभावना देखेपछि बैठक कक्षमै मर्यादापालक खटाइने भएको छ । आज संसद्मा चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्ने कार्यसूची छ ।

सत्तारुढ नेकपा जसरी पनि बिद्येयक पारित गर्ने र प्रमुख प्रतिपक्षी कांग्रेस प्रस्तुत गर्नै नदिने योजनामा लागेपछि आजको बैठकमा भिडन्तको संभावना रहेको छ ।

कांग्रेसले बिद्येयक रोक्न जस्तोसुकै कदम चाल्ने भन्दै सांसदलाई आवश्यक परे भिड्न निर्देशन दिइसकेको छ । गत सोमबार र मंगलबारका ५ बैठक कांग्रेसको अवरोधका कारण कार्यसूची प्रस्तुत हुन नपाई स्थगित भएपछि आज दिउँसो १ बजेका लागि अर्को बैठक आह्वान भएको छ ।

आवश्यक परे ३० जनाजतिको संख्यामा प्रहरी हेडक्वार्टरबाट मगाउनेछौँ । यसअघि मंगलबारको तेस्रो बैठक बस्ने वेलामा पनि एक सय ३१ बाहेक अन्य ३० जनालाई हामीले तयारी अवस्थामा राखेका थियौँ ।

शुक्रबार नेकपा जसरी पनि विधेयक प्रस्तुत गर्ने रणनीतिमा छ । तर, कांग्रेस जुनकुनै हालतमा रोक्ने योजनामा छ । मंगलबार नै धकेलाधकेलको अवस्थामा पुगेको तनाव शुक्रबार थप बढ्ने संकेत दुवै पक्षका सांसदहरूले दिएका छन् । दुवै पक्षको मुठभेडको तयारीलाई मध्यनजर गर्दै संसद् सचिवालयले शुक्रबारको बैठकमा मर्यादापालकसमेत थपेको छ । हाल एक सय ३१ मर्यादापालक रहेकामा ३० जना थप्ने भएको हो ।

प्रकाशित मिति: ११ माघ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्