आजको संसद बैठकमा के होला ?


 


काठमाण्डौ, माघ ११

सरकार र प्रतिपक्षी कांग्रेस आआफ्नै अडानमा रहेका कारण मंगलबार बस्न लागेको प्रतिनिधिसभा बैठकमा के होला भन्ने चासो बढेको छ । आफ्ना दुई पूर्व सभापतिहरुको नाममा रहेको स्वास्थ्य संस्था केन्द्र मातहतमा राख्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी कांग्रेसले सोमबार र मंगलबारको बैठक अवरुद्ध गर्‍यो। सरकारले आफूहरुको माग नसुनेसम्म शुक्रबारको बैठक पनि अवरुद्ध गर्दै संसदमा पेश भएको चिकित्सा शिक्षा विधेयक पारित हुन नदिने कांग्रेसले बताउँदै आएको छ ।

तर सरकार भने आजको बैठकबाट संसदमा प्रस्तुत भएको चिकित्सा शिक्षा विधेयक जसरी पनि पारित गर्ने रणनीतिमा लागेको छ । प्रमुख प्रतिपक्षी कांग्रेस भने बैठक जसरी पनि अवरुद्ध गरेर विधेयक पारित हुनबाट कसरी रोक्न सकिन्छ भन्ने तयारीमा जुटेको छ । सभामुख कृष्णबहादुर महरालेसमेत शुक्रबारको बैठकबाट शान्तिपूर्ण तरिकाले विधेयक पास गर्ने प्रयास भैरहेको बताइसक्नु भएको छ ।

विधेयक पास गर्न सभामुख र सरकार लागेको देखिन्छ भने कांग्रेस कुनै पनि हालतमा पास हुन नदिने योजनामा छ । शुक्रबार बस्ने बैठक अघि बढ्ने वा नबढ्ने भन्ने कुरा सभामुख र सरकारमा निर्भर रहेको कांगेसले बताएको छ ।

सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले चिकित्सा शिक्षा विधेयक शुक्रबार बस्ने संसद बैठकले पारित गरेरै छाड्ने दावी गर्नुभएको छ । तर कांग्रेस युवा नेता गगन थापाले जबर्जस्ती गर्न खोजे मंगलबारकै जस्तो घटना दोहोरिनेसंकेत गरिसक्नुभएको छ ।

प्रकाशित मिति: ११ माघ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्