प्रधानमन्त्री विश्व मिडियाको आकर्षणमा, डाभोसमा न ब्याक बेन्चमा बसे, नत लिखित भाषण पढे


 


काठमाडौं यसअघि विश्वस्तरका सम्मेलनमा जाने नेपाली राष्ट्रप्रमुखहरु ब्याक बेन्चमा बस्ने र लिखित भाषण पढेर फर्किने गरेका थिए । तर ओली न ब्याक बेन्चमा बसे, नत उनले लिखित भाषण नै पढे । मिडियादेखि बैठकसम्म आफ्ना कुरा निर्धक्कसँग राखिरहेका छन् । जवरजस्त वाक शैलीकै कारण प्रधानमन्त्री ओली विश्व मिडियामा आकर्षण बनेका छन् ।

काठमाडौं । विश्व आर्थिक मञ्चकाे बैठकमा भाग लिन स्वीट्जरल्याण्ड पुगेका प्रधानमन्त्री केपी शर्मा ओली विश्व मिडियाको रोजाइमा परेका छन् । पहिलो पटक विश्व आर्थिक मञ्चको बैठकमा भाग लिएका प्रधानमन्त्री ओली अन्य देशका राष्ट्रप्रमुखभन्दा बढि चर्चामा छन् ।उनलाई दर्जनौ मिडियाहरुले पछ्याइरहेका छन् भने खुलस्तसँग आफ्ना कुराहरु राखिरहेका छन् ।

यसअघि विश्वस्तरका सम्मेलनमा जाने नेपाली राष्ट्रप्रमुखहरु ब्याक बेन्चमा बस्ने र लिखित भाषण पढेर फर्किने गरेका थिए । तर ओली न ब्याक बेन्चमा बसे, नत लिखित भाषण नै पढे । मिडियादेखि बैठकसम्म आफ्ना कुरा निधक्कसँग राखिरहेका छन् । जवरजस्त बाक शैलीकै कारण प्रधानमन्त्री ओली विश्व मिडियामा आकर्षण बनेका छन् । सिंगापुरका कतिपय टेलिभिजनले उनको फाइफ प्रशारण पनि गरिरहेका छन् ।

विश्व मिडियासँग उनले आफ्नो देशका बारेमा मात्र कुरा गरेका छैनन् । समाचार र पत्रकारिताका बिषयमा पनि खुलेर कुरा गरेका छन् ।बेलायती पत्रकार तथा ‘फिनान्सियल टाइम्स’का सहसम्पादक तथा प्रमुख आर्थिक टिप्पणीकर्ता मार्टिन उल्फले सञ्चालन गरेको सत्रमा कोलम्बियाका राष्ट्रपति इभान ड्युक, आर्मेनियाका प्रधानमन्त्री निकोल पासिनयान, अमेरिकी पत्रकार तथा ‘द न्यूयोर्क टाइम्स’का प्रकाशक आर्थर ग्रेग स्लजबर्गर र लिडरसिप नाउ प्रोजेक्टका संस्थापक ड्यानियल बालु आरेससँग स्टेज शेर गरेका प्रधानमन्त्री ओलीले सच्चा पत्रकारितका पक्षमा आफु र आफ्नो देशका नागरिक रहेको बताए । ‘निरङ्कुशतन्त्रमा मात्र शासकको प्रशंसा गर्न प्रेसलाई नियन्त्रण गरिन्छ, लोकतन्त्रमा प्रेसले आलोचना गर्नु सामान्य हो ।

नेपालको संविधानले नै पूर्ण प्रेस स्वतन्त्रता प्रत्याभूत गरेकोे छ र त्यहाँ प्रेस स्वतन्त्र छ’ प्रधानमन्त्री ओलीले भने । ओलीको जवाफबाट विश्वस्तरका पत्रकार र मिडियाहरु प्रभावित बने । उनले आफ्नो देशमा लगानी गर्न विश्वस्तरलाई आग्रह मात्रै गरेनन् । चीन र भारतसँगको आफ्नो सम्बन्धको चर्चा पनि गरे । मिडियाले लगाएका केही शब्दको उनले अर्थपनि लगाए । सिंगापुरको एक टेलिभिजनले चीन र भारतको सेन्डवीजमा नेपाल परेको हो भन्ने प्रश्न गरेको थियो । तर प्रधानमन्त्री ओलीले सेन्डवीज शब्दलाई खारेज मात्र गरेनन, दुई शक्तिशाली राष्ट्रकाबीचमा सुन्दर नेपाल रहेको चर्चा गरे ।

विश्वस्तरका सम्मेलन र बैठकमा भाग लिन जाँदा जनुसुकै देशका राष्ट्र प्रमुख पनि एक, दुई मिडिया आउने गर्दछन् तर प्रधानमन्त्री ओली निकै मिडियामा छाएका छन् भने लामो समय लिएर आफ्नो कुरा राखिरहेका छन् ।

प्रकाशित मिति: १० माघ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्