प्रियंका चोपडाले कुकुरका लागि लिइन आधा करोड भन्दा धेरैं मुल्यको ज्याकेट !


 


काठमाडौं । चर्चित बलिउड अभिनेत्री प्रियंका चोपडा निक जोनससँगको बिहेपछि यतिबेला अमेरिकाको लस एञ्जलसमा बस्दै आएकी छिन् । उनीहरुले विश्वका विभिन्न देशहरुमा गएर हनिमुन मनाएको चर्चा हुन थालेको छ ।

उनी अहिले चलचित्र क्षेत्रमा भन्दा पनि आफ्नो युट्यूब च्यानलको काममा व्यस्त रहेको बताइन्छ । त्यो बाहेक पनि उनी आफ्नो कुकुर ‘डायना चोपडा’ का कारण थप चर्चामा छिन् । हालै मात्र उनले आफ्नो कुकुर डायनाको तस्बिर इन्स्टाग्राममा पोस्ट गरेकी छिन् ।

तस्बिरमा कुकुर बेडमा बसिरहेको र हुडी ज्याकेट लगाएको देख्न सकिन्छ । प्रियंकाले फोटोसँगै क्याप्सन लेखेकी छिन्, ‘लस एञ्जलसमा निकै चिसो छ । ज्याकेटका लागि मोन्क्लरलाई धन्यवाद ।’ कुकुरलाई ज्याकेट त सबैले लगाइदिन्छन् ।

तर प्रियंकाको कुकुरले लगाएको ज्याकेटको मूल्यले भने सबैलाई चकित तुल्याउनेछ । प्रियंकाको कुकुरको ज्याकेटको मूल्य ५१ हजार ६ सय ५४ अमेरिकी डलर अर्थात झण्डै ५९ लाख नेपाली रुपैयाँ रहेको एजेन्सीले जनाएको छ ।उनले बलिउडमा मात्रैं नभई हलिउडमा समेत्त अभिनय गरेकी छिन ।

प्रकाशित मिति: १० माघ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्