लौकहीमा भैसी सुन्दरी छानेर कुस्ती भिडाउने


 


इनरुवा । सुनसरीको कोशी गाउँपालिकाको मुख्यालय लौकही आउदो साता सुनसरीवासीका लागी चर्चाको केन्द्रमा आउने भएको छ ।

कोशी गाउँपालिकाले आउदो माघ ११ देखी १४ गते सम्म किसानहरुले पालेका भैसीहरु मध्येबाट सुन्दरी भैसी छनौट सगै गाईपालक किसानहरुको गाईलाई समेत सुन्दरी गाईका रुपमा छनौट गरिने भएको छ ।

गाई भैंसी सुन्दरीहरुको प्रतियोगिता सकिए लगतै कोशी गाउँपालिकाको आयोजनामा लौकहीमा विपि कोईराला राष्ट्रिय कुस्ती प्रतियोगिता समेत सँग सँगै आयोजना गर्न लागिएको छ ।

गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीका अनुसार वीपी स्मृति कृषि मेलाको अवसर पारेर प्रतियोगिता संचालन गर्न लागिएको बताए ।

जसअन्र्तगत माघ ११ गते भैसीं सुन्दरी प्रतियोगिता आयोजना गरिँदै छ । १२ गते गाई प्रतियोगिता आयोजना गरिए लगतै माघ १३ गते कोशी कटानको बगरमा राष्ट्रिय कुस्ती प्रतियोगिता गर्न लागिएको अध्यक्ष अन्सारीले बताए ।

भैंसी प्रतियोगितामा उत्कृष्ठ ठहरिने भैंसी र गाई सुन्दरीका किसान धनीलाई गाई भैसी नै पुरस्कारका रुपमा प्रदान गरिने छ ।

त्यसैगरी राष्ट्रिय कुस्ती प्रतियोगितामा ७ वटै प्रदेश सहित तीन बिभागीय र आयोजक टिमलाई सहभागि गराउने गरी तयारी थालिएको जिल्ला खेलकुद बिकास समिति सुनसरीका सदस्य बसन्त सुवेदीले बताए ।

प्रतियोगिता ओलम्पिक नियमका आधारमा खेलाइने सुवेदीले बताउनु भयो । विभिन्न वजन समूहमा महिला र पुरुष गरी छुट्टाछुट्टै प्रतिष्पर्धा गराइने खेलको बिजेतालाई प्रदान गरिने पुरस्कार रासीभने समितिले तय गरी निर्धारण गरिने बताइएको छ ।

यसैबिच इनरुवा र कोशीले मितेरी साइनो जोडी बिकासका कार्यहरुमा साझेदारी गर्ने समेत घोषणा गरेका छन् । उक्त विषयमा उपयुक्त खाका तयार गरी सार्वजनिक गरिने बताइएको छ ।

इनरुवा नगरपालिकाको कार्यालयसँगको समन्वय र सहकार्यमा कोशी गाउँपालिकाले प्रथम पुरस्कार वापत प्रदान गरिने भैंसी भने इनरुवा नगरपालिकाले उपलब्ध गराउने इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले बताए ।

गाई प्र्रतियोगिता सहित अन्य पुरस्कारको व्यवस्था भने कोशी गाउँपालिका र इनरुवा नगरपालिकाले संयुक्त रुपमा बन्दोवस्ती मिलाइने बताइएको छ ।

प्रकाशित मिति: १० माघ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्