नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा नेविसंघको प्रदर्शन,


 


काठमाडौँ । तत्काल महाधिवेशन घोषणा गर्न माग गर्दै नेपाल विद्यार्थी संघका असन्तुष्ट कार्यकर्ताले कांग्रेसको केन्द्रीय कार्यालय सानेपाबाहिर नाराबाजी गरेका छन् । कांग्रेस केन्द्रीय समितिको बैठक शुरू हुन लाग्दा बिहीवार नेविसंघ कार्यकर्ताले वर्तमान कार्यसमितिको कार्यकाल थप्न नहुने भन्दै नाराबाजी गरेका हुन् ।

मोटर साइकल र्‍यालीसहित सानेपा पुगेका कार्यकताले नाराबाजी गरिरहेका छन् । वर्तमान नेतृत्वले नेविसंघको महाधिवेशन गर्न नसक्ने भएकोले तदर्थ समिति गठन गर्न उनीहरूले माग गरेका छन् । नेविसंघ कार्यकर्ताको प्रदर्शनका कारण कांग्रेस कार्यालयमा सुरक्षा व्यवस्था मिलाइएको छ । नैनसिंह महर नेतृत्वको नेविसंघको कार्यकाल सकिएपछि आजसम्मको म्याद थपिएको थियो ।

प्रकाशित मिति: १० माघ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्