कृष्ण ओलीलाई भेट्दा बिराज भट्ट रोए ! ११ लाख सहयोग बुझाउँदै भने, भिडियो सहित


 


शिशिर भण्डारी, काठमाडौं । सबै अन्तर्वार्तामा कृष्ण भाईले मेरो मनपर्ने हिरो बिराज भट्ट हुन् र भेट्न मन छ भनिरहँदा मलाइ बिराज दाईलाई कृष्णसँग भेटाउन मन लाग्यो । बिराज दाईले पनि मेरो प्रस्तावलाई सहर्ष स्विकार्दै आफ्नो फ्यान कृष्ण वलिका लागि समय दिनुभयो ।

बिराज दाईका लाखौं फ्यानहरु मध्येका बाल गायक जनक गन्धर्व र ठेलामा मःमः बेच्ने गायक भनेर चिनिएका कपिल पौडेल पनि हामी सँगै गएका थिए । यहि सु-अवसरमा देश तथा बिदेशबाट कृष्णलाई माया गर्नुहुने सबैले पठाउनु भएको सहयोग रकम ११ लाख ५ हजार ३ सय २१ रुपैंया पनि बिराज दाईकै हातबाट रुपालाई हस्तान्तरण गराएँ । सहयोग पठाउने सबैको नाम मैले आफ्नो फेसबुक लाईभमा लिएको छु ।

कृष्ण ओली सहयोग अभियानमा सहयोग गर्ने सबैलाई मेरो २ हात जोडेर नमस्कार, बिराज दाईलाई धेरै धेरै धन्यवाद । यो भिडियोलाई सक्दो सेयर गरौं है । कृष्ण ओलीका लागि आवश्यक उपचार खर्च पुग्नै लागिसकेको छ । चाँडै नै सहयोग अभियान बन्द गर्दैछौं ।

हामी चाँडै नै कृष्ण जस्तै हात र खुट्टा गुमाएका खोटांगका हिराकाजी ढुंगानाको घर जाँदैछौं । उहाँलाई सहयोग गर्नका लागि ९८११००६९२९ मा सम्पर्क गर्नुहोला । बाँकेका बुद्धिमान कुँवर उपचारका लागि काठमाडौं आउँदैछन् भन्ने जानकारी पाईयो, केहि दिनमै उनको भिडियो पनि आउनेछ । भिडियो हेर्नुहोस

प्रकाशित मिति: १० माघ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्