किन बस्दैछ काँग्रेसको केन्द्रीय समिति बैठक ?


 


काठमाडौँ, माघ १०

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्दैछ । बैठकमा पदावधि समाप्त भएको नेपाल विद्यार्थी सङ्घ केन्द्रीय कार्यसमिति, महासमिति बैठकले पारित गरेको पार्टीको विधान र समसामयिक राजनीति जस्ता विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

काँग्रेसको भ्रातृ संस्था नेविसङ्घ केन्द्रीय कार्यसमितिको थपिएको पदावधि यही माघ २ गते समाप्त भइसकेको छ । काङ्ग्रेसमा नेविसङ्घको नयाँ तदर्थ केन्द्रीय समिति बनाउने वा वर्तमान कार्यसमितिलाई नै महाधिवेशन गर्न जिम्मेवारी दिने भन्ने सम्बन्धमा छलफल जारी छ ।

नेविसङ्घको वर्तमान कार्यसमिति २०७३ साल भदौ २ गते भएको ११औँ महाधिवेशनबाट दुई वर्षे कार्यकालका लागि निर्वाचित भएको थियो । कूल १६५ सदस्यीय कार्यसमितिका ५२ पदाधिकारी र सदस्यले पदबाट सामूहिक राजीनामा दिइसकेका संघका नेता प्रेम जोशीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: १० माघ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्