नेकपाका प्रदेश सांसद उत्तरकुमार वलीले काङ्ग्रेसलाई मुर्छा पर्ने गरी गरे यस्तो काम


 


तुलसीपुरको अश्वारामा माबि अश्वारामा जारी महायज्ञमा दानदाताको संख्या बढ्दो अबस्थामा रहेको छ । हिजोसम्म ३० लाख बढी आर्थिक संकलन भएको महायज्ञमा आज प्रदेश सांसद उत्तरकुमार वलीले पनि रकम दान गर्नुभएको हो ।

बिद्यालयमा प्राबिधिक शिक्षा तथा स्मार्ट बिद्यालय सञ्चालनका लागि आयोजना गरिएको महोत्सबमा प्रदेश सांसद उत्तरकुमार वलीले ५५ हजार ५ सय ५५ सहयोग गर्नुभएको छ । माबि अश्वारामा पुगेर सांसद वलीले महायज्ञमा आर्थिक सहयोग गर्नुभएको हो ।

यस्तै यातायात ब्यबसायी सुरेश हमालले पनि आर्थिक सहयोग गर्नुभएको छ । राप्ती अञ्चल सार्बजनिक बस ब्यबसायी समितिका अध्यक्ष समेत रहनुभएका हमालले २१ हजार रुपैया सहयोग गर्नुभएको हो । महायज्ञमा हिजोसम्म १२ लाख संकलन भएको थियो ।

प्रकाशित मिति: ९ माघ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्