श्रीमतीले नुहाउन अल्छी गरेको भन्दै डिभोर्सको लागि अदालत पुगे श्रीमान्


 


काठमाडौं — भारतको बिहारमा रहेको मसौढीमा एक पतिले पत्नीमाथि अनौठो आरोप लगाएर डिभोर्सको निवेदन दिएका छन् ।पतिका अनुसार, पत्नी नुहाउँदा पनि नुहाउँदिन अनि कपाल पनि धुँदिन । उसको शरीरबाट दुर्गन्ध आउँछ र सँगै बस्नै सकिँदैन । पतिले जति सम्झाएपनि पत्नीले कुरा नसुनेपछि कुटपिट गरेर घरबाट निकाले ।

पीडित पत्नीले महिला आयोगमा उजुरी दिएपछि वैवाहिक सम्बन्धमा सरसफाइको मुद्दा पहिलोपटक आयोगसमक्ष आयो ।आयोगले नोटिस पठाएपछि मंगलवार पति आयोग पुगेर पत्नीको शरीरबाट दुर्गन्ध आउने कुरा सुनाए ।

पतिले भने, ‘ऊ लामो समयसम्म नुहाउँदिन र ननुहाएकाले उसको कपालमा जुम्रा परेको छ । नुहाउनका लागि श्याम्पू दिँदा ऊ त्यसले बर्को धोइदिन्छे । अनि ऊ घरको कामकाज पनि गर्दिन ।’

यो जोडीको बिहे एक वर्षअघि भएको हो । बिहेपछि पत्नी फोहरी बस्ने गदौ पति चिन्तित थिए । त्यसैले गर्दा उनीहरूबीच प्रायः झगडा र कुटपिट हुन्थ्यो।

पतिले भ्रममा पारेर बिहे गरिएको आरोप लगाए ।पत्नीका अनुसार, उनी माइतमा यसरी नै ननुहाइकन बस्थिन् ।

महिला आयोगले दुवै पक्षको कुरा सुनेर उनीहरूलाई विवाद समाधान गर्नका लागि एक महिनाको समय दिएको छ । त्यसपछि पनि सुधार नआएमा अर्को कारवाही गरिने आयोगको भनाइ छ ।

एजेन्सी

प्रकाशित मिति: ९ माघ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्