प्रदेश एकमै पहिलाे पटक अन्तराष्ट्यि म्युजिक महोत्सव हुने, चर्चित भारतिय नायिका राखि सावन्तकाे बिशेष प्रस्तुति रहने


 


इटहरी । गर्मि माैसम सकिएर जाडाे सुरू भएसंगै प्रदेश एककाे बिभिन्न जिल्लाहरूमा यतिबेला महाेत्सव लाग्ने र लगाउनेहरूकाे लर्काे छ । यसै सन्दर्भमा अरू भन्दा फरक शैली अपनाउदै प्रदेश एकमै पहिलाे पटक मिस्टी डान्स गाइजले अन्तराष्ट्रिय म्युजिक महाेत्सवकाे आयाेजना गर्ने भएकाे छ ।

माेरङकाे बिराटनगरमा आगामि माघ १६ गते एक दिने साे महाेत्सवकाे आयाेजना गर्न लागिएकाे सुनसरीकाे इटहरीमा पत्रकार सम्मेलन मार्फत जानकारी गराइएकाे छ । ग्लोवल ड्स्मिको व्यवस्थापनमा गरिने महोत्सवमा भारतीय कलाकारहरुका साथै नेपाली कलाकारहरुको पनि बेजाेड प्रस्तुति रहने जनाइएकाे छ ।

एक दिने अन्तराष्ट्यि म्युजिक महोत्सवमा भारतीय चलचित्र क्षेत्रकी चर्चित मोडल राखि सावंत लगायतको प्रस्तुति रहने आयोजक संस्थाका समिल अन्सारीले जानकारी दिए । अन्सारीका अनुसार इण्डियन अाइडल देखि भारतकै चर्चित तथा लाेकप्रिय कलाकारहरूकाे पनि उपस्थिति रहने जनाइएकाे छ । साे महाेत्सवमा गित ,नृत्य तथा फेसन शो साथै अतिथी कलाकारहरुको प्रस्तुति गरी कुल ४ घण्टाको कार्यक्रम रहने जनाइएकाे छ ।

कार्यक्रम बिराटनगरकाे गोपाल फन पार्कमा हुने जनाइएकाे छ । महोत्सवको लागत ४० लाख लाग्ने अनुमान गरिएको तथा ४हजार टिकट विक्री गर्ने लक्ष्य रहेको समेत जनाइएकाे छ ।

पत्रकार सम्मेलनमा महोत्सव व्यवस्थापनको जिम्मा पाएको ग्लोवल ड्स्मिका सरोज कार्की लगायतले महोत्सवका विषयमा पत्रकारहरुलाई जानकारी दिएका थिए । महोत्सव प्रवेशका लागि एक हजार र दुई हजार टिकट शुल्ल राखिएको समेत सो अवसरमा जानकारी दिइयो ।

प्रकाशित मिति: ९ माघ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्