पथरीशनिश्चरेमा केर्खा पुलको शिलान्यास


 


मोरङ, माघ ९

मोरङको पथरीशनिश्चरे ८ को दोहोलु शुक्रवारेस्थित केर्खा खोलामा पक्की पुलको आज शिलान्यास भएको छ । नगर प्रमुख दिलिपकुमार राई, प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतम, वडाध्यक्ष बाबुराम दहाल, इन्जिनियर कृष्णप्रसाद कोइराला सहितले पुलको शिलान्यास गर्नुभयो ।

नगरपालिका कोषको २७ लाख १६ हजार र उपभोक्ता जनश्रमदानबाट १९ हजार १ सय ७२ गरी २७ लाख ३५ हजार १ सय ७२ रुपैयाँ लागतमा ९ मिटर लम्वाई र साढे ५ मिटर चौडाईको पुल वन्ने भएको हो ।

प्रकाशित मिति: ९ माघ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्