कांग्रेसलाई पूर्वमहान्यायाधिवक्ताको आग्रह फल झार्न सकिएन भनेर रुखका फेदमा आगो नबाल्नुहोस


 


काठमाडौं, माघ ९ पूर्वमहान्यायाधिवक्ता युवराज संग्रौलाले नेपाली कांग्रेसले संसदमा मंगलबार गरेको विरोधप्रति निक्कै कटाक्ष गर्नुभएको छ ।

उहाले विगतमा माओवादी र मधेश केन्द्रीत दलले संसद अवरोध गर्दा लोकतन्त्रका मुल्य र मान्यता अबलम्बन गर्न कांग्रेसका नेताहरुले दिएको सुझाबको स्मरण गर्न आग्रह गर्नुभएको छ । उहाले चारवटा बुदामा सो घटनालाई समेट्दै ससंदको अपमानले जनताको सार्भभौम सत्ताको विघटन गर्ने हुदाँ त्यसतर्फ पनि ध्यान दिन आग्रह गर्नुभएको छ । साथै एक व्यक्तिको अनसनलाई लिएर संसदलाई नभई कार्यपालिकालाई दवाव दिन पनि उहाले कांग्रेसलाई सुझाउनु भएको छ ।

यस्तो छ संग्रौलाको टिप्पणी

संसदमा जे घटना आज देखियो, तेस्ले म मा केही अनुभुती जाग्रीत गरेको छ।

१. हिजो माओबादी र मधेस केन्द्रित दलहरूले ब्यबस्थापिका संसद अबरोध गर्दाका समयमा थुप्रै काङ्रेस नेताले अन्तर्बाता दिएर लोकतन्त्रका मुल्य र मान्यता अबलम्बन गर्न सुझाब दिएका थिए। आज बाट मलाइ लागेको छ उदारबादीहरु गफाडी र ढांट हुदारहेछ्न। उदारबादमा राजनीति र नैतिकता सङ्ग सङ्गै पाइला चाल्दा रहेनछ्न। यी दुई लकस्टेप हुन भन्ने कुरा वाइयात रहेछ। यो त बाहुनकि बुहारीको अवस्था जस्तो भयो। पानी लिएर आउदा अचानक ससुरा बाटमा आएछ्न अनि मुख छोप्न सारिको फेर तानिछन, मुख त छोपियो, तर १ आफै बुझ्नु होस।

२. लोकतन्त्रमा ब्यबस्थापिकाले कुनै अंकुसबिना कानुन बनाउंछ भन्ने किताब पढेको ४० बर्ष भयो। ब्यबस्थापिकालाई कार्यपालिकाको बिधेक खारेज गर्ने र बदल्ने आधिकार छ, तर एउटा ब्यक्तिले यस्को सर्बोच्चतालाई चुनौती दिइरहेको बेला देशको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी संसदको गरिमालाई चुनौती दिन्छ। मितहरुको कथा पनि संझना भयो। ूमितहरुले थाल चिनो सांटेछन। एउटाले अर्कोको थालमा सुँगुर को मासु खाएछ एक दिन। अर्कोलाई रिस उठेछ। अनि भनेछ, हेर मीत तिमिले मेरो थालमा सुँगुर को मासु खाएछौ। अब म तिम्रो थालमा हगेर खान्छु।ू

३. ससंद जनताको मतको धरोहर हो। यस्ले सार्बभौम जनताको प्रतिनिधित्व गर्छ। तर यस्लाइ बलात अबरुद्ध गर्ने कार्यलाई ‘हाइज्याकिङ्ग अफ पपुलर विल’ वा ‘जनादेशको अपहरण हो’ भनी उदारबाद कै विद्धानले भनेका छ्न। ससंदको अपमानले जनताको सार्भभौम सत्ताको विघटन गर्छ।

४. चिकित्सा सबन्धि एक डाक्टरले गरेको आन्दोलन कार्यपालिका सङ्गको पौठेजोरी हो। आन्दोलन वा दबाब कार्यपालिकालाई दिनु पर्ने हो। ससंदले मेडिकल शिक्षाको ब्यबस्थापन गर्ने होइन। जुन इस्युमा ससंदको मर्यादालाई फेरि एक पटक भत्काइयो, तेसबाट लोकतन्त्र होइन अराजकतालाई मलजल गर्यो भन्ने बुझनु पर्छ। रास्ट्र अत्यन्त कठिन अवस्था छ। फल झार्न सकिएन भनेर रुखका फेदमा आगो नबाल्नु होस। रुखै मर्छ।

प्रकाशित मिति: ९ माघ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्