काठमाडौंमा वर्षा, एकाएक ठण्डी बढ्यो, बिधुतिय सेवा अबरुद्ध


 


काठमाडौं । पश्चिमी वायुको प्रभावले मुलुकको राजधानी काठमाडौं सहित अधिकांश भागमा वर्षा भइरहेको छ ।

वर्षासँगै एकाएक ठण्डी बढेको छ । आजको बर्षा बेलुका सम्म रहने मौसमविद्हरुले बताएकाछन् ।

आजको बर्षासँगै राजधानीका धेरै स्थानमा बिधुतिय सेवा अबरुद्ध भएको छ ।

रातिदेखि परेको पानीले बिधुतिय सेवा अबरुद्ध गर्दा राजधानी काठमाडौंको बानेश्वर ,शान्तिनगर,अनामनगर ,सिंहदरवार वरिपरि,कलंकी, नैकाप ,चावहिल लगायत अधिकांश स्थानमा सेवा अबरुद्ध भएको हो ।

त्यसो त पश्चिममा पनि मौसम खुल्ने संभावना कम छ । बिहीबारदेखि देशभरि कै मौसम सुधार हुनेछ बताइएको छ ।

प्रकाशित मिति: ९ माघ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्