प्रधानमन्त्री ओलीमाथी अन्तराष्ट्रिय संचारमाध्यमको आर्कषण


 


डोभास, माघ ९

स्विट्जरल्यान्डको डोभासमा भईरहेको विश्व आर्थिक मञ्चको ४९ औं वार्षिक बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सहभागिता जनाईरहनु भएको छ ।

डोभासमा ‘दक्षिण एशियाको रणनीतिक दृष्टिकोण’ विषयक सत्रमा प्रधानमन्त्री ओलीले निक्कै तार्किक कुरा र आफ्नो भिजन राख्नु भयो । त्यसलगत्तै उहाले विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यमलाई अन्तवार्ता समेत दिनुभएको छ । जर्मनी टेलिभिजन डि डब्लु टिभी र चाइना ग्लोबल टेलिभिजन च्यानललाई अन्तवार्ता दिनु भएको छ ।

डि डब्लुले नेपाली प्रधानमन्त्री पहिलो पटक डोभासमा शिर्षक दिएर अन्तवार्ता लिएको थियो । दुवै अन्तवार्तामा प्रधानमन्त्री ओलीले नेपाललाई वर्तमान सरकारले एउटा तिव्र गतिमा विकास तफै लैजान खोजिरहेको जानकारी गराउनु भएको छ । उहाले अन्तवार्तामा भन्नुभएको छ, ‘यो निश्चित छैन कि पैसाले विकास ल्याउछ, तर यो निश्चित छ कि विकासले पैसा ल्याउछ ।’

प्रकाशित मिति: ९ माघ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्