मृत छोराको वीर्य राखेर एक आमा बनिन् हजुरआमा, भन्छिन् – ‘मेरो छोराको पुनर्जन्म भएको छ’


 


दुई वर्ष अघि क्यान्सरको कारण आफ्नो छोरा गुमाएकी एक आमाले आफ्नो कोशिसले उनलाई पुनर्जीवित गरेकी छिन् ।

पुणेकी ४९ वर्षीय शिक्षिका राजश्री पाटिलले एक सेरोगेट आमाको मद्दतबाट आफ्नो विवाह नभएई मरेको छोराको जुम्ल्याहा बच्चा जन्माएकी छिन् ।

यो कुनै चमत्कार होइन बरु विज्ञानको कमाल हो, जसले एक आमाको दुःखी अनुहारमा फेरी मुस्कान ल्याएको छ ।

प्रथमेशको जुम्ल्याहा बच्चाको जन्म उसको शुक्रकिटको मद्दतबाट भएको हो, जसलाई उनको मृत्यु अघि सुरक्षित राखिएको थियो ।

‘मेरो छोराको पुनर्जन्म भएको छ’
पुणेको सिंघड कलेजमा पढेको राजश्रीको छोरा प्रथमेश उच्च शिक्षाको लागि सन् २०१० मा जर्मनी गएका थिए ।

सन् २०१३ मा उनलाई ब्रेन ट्युमर भएको पत्ता लाग्यो, जुन खतरनाक चरणमा पुगिसकेको थियो । त्यो समय उनको वीर्यलाई सुरक्षित गरिएको थियो । यही वीर्यलाई हाल सेरोगेसीमा प्रयोग गरिएको हो । ३५ वर्षीय सरोगेट आमाले एक छोरा एक छोरी जुम्लाहा बच्चाहरु जन्म दिइन् ।

राजश्री पाटिलले बीबीसीसँग भनिन् “मैले मेरो प्रथमेश फिर्ता पाएँ । म मेरो छोराको एकदम नजिक थिएँ । ऊ पढ्न एकदम तिक्ष्ण थियो र जर्मनीमा इन्जिनियरिङ्गको स्नातकोत्तरको पढाई गरिरहेको थियो । सोही समय उसलाई चौथो चरणको क्यान्सर भएको पत्ता लाग्यो । डाक्टरले प्रथमेशलाई किमोथेरापी शुरु गर्नु पहिले वीर्य सुरक्षित गर्न भने ।”

प्रथमेशले आफ्नो आमालाई र बहिनीलाई आफ्नो मृत्युपछि मात्र आफ्नो वीर्यको नमूना प्रयोग गर्न अनुरोध गरेका थिए । राजश्रीलाई त्यो बेला अनुमान पनि थिएन कि यसको मद्दतले उनी आफ्नो छोरालाई पुन:प्राप्त गर्न सक्छिन् ।

मृत छोराको सुरक्षित राखिएको वीर्यलाई एक परिवारभन्दा टाडाको दाताको अण्डासँग मेल गराइयो । यसपछि यसलाई एक नजिकको नातेदारको गर्भमा हालियो ।

२७ वर्षको जवान छोराको सुरक्षित वीर्यको प्रयोग राजश्रीले सेरोगेट गर्भमा गरिन् । प्रथमेशको बच्चाले १२ फ्ब्रुअरीमा जन्म लियो । हजुरआमा राजश्रीले बच्चालाई भगवानको आशिर्वाद बताउदै नातिको नाम छोराको नाम प्रथमेश नै दिएकी छिन् भने नातिनीको नाम प्रीशा राखेकी छिन् ।

जमर्नीसम्मको यात्रा
आफ्नो छोरा पुनरप्राप्त पाएकी ठान्ने राजश्रीले यसका लागि जर्मनीसम्मको यात्रा गरिन । उनले जर्मनी गएर छोराको वीर्य हासिल गर्नको लागि आवश्यक सबै औपचारिकता पुरा गरिन् । फर्केर उनले पुणेको सह्याद्रि अस्पतालमा आईवीएफको साहारा लिइन् ।

अस्पतालकी आईवीएफ विशेषज्ञ डा. सुप्रिया पुराणिक भन्छिन्,“आईवीएफ प्रक्रिया हाम्रो लागि प्रत्यक दिनको काम हो । तर यो केस अनौठो थियो । यसमा एक यस्तो आमाको भावना जोडिएको थियो जो कुनै पनि मुल्यमा आफ्नो छोरालाई फिर्ता पाउन चाहन्थिन् । पूरा गर्भको दौरान राजश्रीको प्रतिक्रिया निक्कै सकारात्मक रह्यो ।”

प्रकाशित मिति: ८ माघ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्