घुस लिएको आरोपमा कर्मचारी परे यसरी अख्तियारको फन्दामा
नेपालगञ्ज, ८ माघ
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको सम्पर्क कार्यालयबाट खटिएको टोलीले आज दिउँसो बाँके जिल्ला मालपोत कार्यालयका एक कर्मचारीलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ ।
आयोगको नेपालगञ्ज कार्यालयका प्रमुख गणेश गैरेका अनुसार मालपोतका खरिदार सञ्जयकुमार ठाकुरलाई सेवाग्राहीवाट रु ५० हजार घुस लिएको आरोपमा पक्राउ गरिएको हो । पक्राउ गरिएका आरोपी कर्मचारी ठाकुरमाथि थप अनुसन्धान प्रक्रिया अघि बढाइएको बताइएको छ ।
प्रकाशित मिति: ८ माघ २०७५, मंगलबार