प्रतिनिधिसभा बैठक ३ बजे बस्दै, चिकित्सा शिक्षा विधेयक कार्यसूचीमा


 


काठमाडौं : सरकारले आज प्रतिनिधिसभामा चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेको छ । सोमबारको संसद बैठक प्रमुख प्रतिपक्षि दल कांग्रेसले अवरुद्ध गरेपछि चिकित्सा विधेयक आजको प्रतिनिधि सभा बैठकको कार्यसूचिमा राखिएको हो । आज प्रतिनिधिसभाको बैठक दिउसो तीन बजेका लागि बोलाइएको छ ।

डा. गोविन्द केसीको अनसनकै बीच सरकारले चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेको छ । चिकित्सा विधेयकसँगै लोक सेवा आयोग विधेयक, नेपाल प्रहरी र प्रदेश प्रहरी, कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय विधेयक, विशेष आर्थिक क्षेत्र पहिलो संसोधन विधेयक र भूउपयोग विधेयक पनि आजको बैठकमा टेवल गर्ने कार्यसूचि रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने माग पुरा नभए आजको संसद बैठक पनि चल्न नदिने बताएको छ । कांग्रेसका पूर्व सभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएका अस्पताल केन्द्र मातहत ल्याउनुपर्ने उसको माग छ । सोही माग राखेर उसले हिजो राष्ट्रिय सभा र प्रतिनिधि सभा दुबैको वैठक अवरुद्ध गरेको थियो ।

प्रकाशित मिति: ८ माघ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्