सत्तापक्ष नेकपा र कांग्रेस मुठभेडतिर


 


काठमाडौं । चिकित्सा शिक्षा विधेयकमाथि राजनीति भएको छ । राजनीतिको चक्रब्यूमा संसदमा पुगेको विधेयकका कारण सत्तापक्ष नेकपा र कांग्रेस मुठभेडतिर लागेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी भएको छ । सोमबारको बैठक कांग्रेसले अवरुद्ध गरेपछि कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको थियो । सोमबारको कार्यसूचीमा यो विधेयक पारित गर्ने भन्ने थियो ।

मंगलबार भने कांग्रेसले अवरोध गरे पनि बैठक सञ्चालन गर्ने तयारीमा सभामुख रहेको स्रोतले बताएको छ । दुवै पक्षले मंगलबारको बैठकका लागि ह्विप जारी गरेका छन् । आज संसदको बैठक १२ बो बालाइएको छ । बैठक अघि दुवैपक्षले आन्तरिक छलफल राखेका छन् ।

प्रकाशित मिति: ८ माघ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्