ब्ल्याक सीमा दुईवटा मालबहाक पानी जहाजमा आगलागी, ११ जनाको मृत्यु


 


एजेन्सी : ब्ल्याक सी मा दुईवटा मालबहाक पानी जहाजमा आगलागी हुँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ । तान्जिनियाको झण्डा रहेका मालबहाक पानी जहाजमा क्राइमियाको केर्च नजिकै आगलागी भएको हो । पानीजहाजमा रहेका १४ जनाको सकुशल उद्दार गरिएको छ । दुई पानी जहाजमा चालक दलका १७ जना सदस्य रहेको बताइएको छ ।

उनीहरु टर्की र भारतका भएको बताइएको छ । यस्तै जहाजमा अन्य १४ जना पनि रहेको बताइएको छ । आगलागी भएपछि पानी जहाजका चालक दलका सदस्यहरु समुद्रमा हामफालेर ज्यान जोगाएका थिए ।

एउटा पानी जहाजबाट अर्कोमा इन्धन राख्ने क्रममा आगलागी भएको बताइएको छ । एउटा पानी जहाजमा ग्यासको ट्यांकर रहेको र आगो लागेपछि बिस्फोट भएको थियो । बिस्फोटका कारण अर्को पानी जहाजमा पनि आगलागी भएको हो ।

प्रकाशित मिति: ८ माघ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्