भट्टाकाे मुस्लाेकाे मारमा परेकाे भन्दै सडकमा काउली फालेर किसानले गरे विरोध
बनेपा, पाँचखाललाई कृषि नगरकाे पहिचान बनाएकाे पाँचखालवासी पछिल्लाे समय ईटाभट्टा र प्लाई उद्योगका कारण मारमा परेका छन् । भट्टटालेे उत्सर्जन गर्ने कार्वनका कारणा तरकारी कालाे न कालाे भएर विक्न छाडेपछि किसानहरु अान्दाेलनमा उत्रिएका छन् । पटक पटक कालिमाटी तरकारी बजारबाट तरकारी फिर्ता हुन थालेसँगै किसानहरु भट्टा हटाउन अान्दाेलित भएका हुुुन्न । यसैबीच साेमवार काभ्रेको सदरमुकाममा पाँचखाल नगरपालिकाका किसानहरुले तरकारी फालेर विरोध गरेका छन् । पाँचखाल नगरपालिकामा सञ्चालनमा रहेको ७ इँटा भट्टा र एक प्लाई उद्योगबाट फालिएको कार्बनको कारण किसानहरुको तरकारी कालिमाटी बजारबाट फिर्ता आउन थालेकाे भन्दै किसानहरुले धुलिखेलमा तारकारी फालेर सडकमै प्रदर्शन गरे ।
पाँचखालमा सञ्चालनमा रहेको भट्टाहरु र प्लाईबाट फालिएको कालो धुवाँका कारण धेरै किसानहरुको तरकारी बजारमा बिक्रि हुन छोडेपछि किसान आन्दोलित हुनुपरेको पाँचखाल उपत्यका वातावरण जोगाऔँ अभियानका संयोजक सुर्यबहादुर भेटवालले बताउनुभयो । वातावरणलाई असर गर्ने इँटा उद्योग र प्लाई उद्योग तत्काल हटाई जनताको बाँच्न पाउने अधिकार सुरक्षित गर्नका लागि किसानको हस्ताक्षरसहित नगरमा पत्र समेत बुझाउँदा समेत वेवास्था हुँदा किसानहरु पीडित हुनुपरेकाे पाँचखाल ७ का चेतनाथ दंगालले जुनासाे गरे । केही समयअघि पाँचखालका जनताहरुले इँटा र प्लाई उद्योगले फालेको कार्बन जनताको हित विपरित भएको भन्दै जिल्ला प्रशासन कार्यलयमा ज्ञापनपत्र समेत बुझाएका थिए । तरकारी नविकेकै कारण पाँचखालमा गत शनिवार एक किसानले अात्महत्या गरेका थिए । धुलिखृलमा प्रर्दशन गर्दै किसानहरुले तत्काल समस्या समाधान नगरीए अात्मदाह गर्नेसम्म चेतावनी दिए ।
सानाे उपत्यकामा अनावश्यक र मापदण्ड विपरित भट्टा संचालन हुँदा भट्टाकाे धुवा सितसँगै विहान झर्दा तरकारी खेतीलाई नाेक्सान पुर्याईरहेकाे पाँचखालका नारायण कार्कीले बताए । कृषि विग्यहरुले पनि धुँवा र धुलाेकाे कारण तरकारीकाे पात ढाक्दा विरूवाले अावश्यक खाना वनाउन फाेटाे सेन्ठेथिक प्रकृया अवरुद्घ हुने र बिरुवा अावश्यक नवढ्ने गरेकाे बताए । भट्टाकै कारण मानव स्वास्थ्यमा अंश, परिरहेकाे स्थानियहरुकाे गुनासाेछ । पाँचखालमा विद्यालय हाताकाे २००मिटर दुरिदेखि, नदी, मठमन्दिर,जंगल र वस्तिमै भट्टा संचालन भईरहेकाे छ ।
प्रकाशित मिति: ७ माघ २०७५, सोमबार