टाउको दुखिरहन्छ ? नखानुहोस् यी खानेकुरा
एजेन्सी – टाउको दुखाइबाट धेरै मानिसहरु ग्रसित भएको पाईन्छ । अस्तव्यस्त जीवन शैली, अस्वथकर खानपिन जस्ता कुराले मानिसको टाउको दुखाई दिर्घकालिन समस्याको रुपमा देखा परेको पाईन्छ ।
आधा टाउको दुख्ने, बेलाबेलामा बेस्सरी टाउको दुख्ने, कन्चट दुख्ने, चक्कर लाग्ने, वाक वाक लाग्ने, वान्ता हुने, घाम वा भीडभाडमा जाँदा टाउको दुख्ने, रिस उठ्ने जस्तो लक्षण माइग्रेनका हुन सक्छन् । यसका अलावा पनि अत्याधिक थकान, र धपेडीका कारणपनि टाउको दुख्ने गर्छ । टाउको दुखेमा यस्ता समाधानका उपाय लगाउन सकिन्छ ।
. गुन्द्रुक, सिन्की, तामा तथा बोतलको पुरानो अचार खानु हुँदैन । यसले टाउको दुखाइलाई बढी निम्त्याउंछ ।
दही, मही, पनिर, आइसक्रिम, कफी चकलेट धेरै खाँदा पनि त्यतिकै टाउको दुख्ने समस्या हुन्छ । यस्तो बानीलाई हटाउनुपर्छ ।
. कोक, बियर, रक्सी, वाइन ९बन्द बोतल पेय पदार्थ ०को सेवन बढी गर्नु हुँदैन । त्यसैले यस्तो बानीलाई पनि सुधार्नुपर्छ ।
चम्किलो प्रकाश र भीडभाडबाट टाढै रहने गर्नुपर्छ । अति दुर्गन्ध तथा बास्ना आउने ठाउँ नजिक जाँदा पनि टाउको दुख्ने गर्छ । यस्तो कुराबाट टाढा रहनुपर्छ ।
. भोको पेट नबस्ने, पानी तथा फलफूल प्रशस्त मात्रामा खाने गर्नुपर्छ । चिन्तामुक्त भएर बस्ने कोशिश गर्ने गर्नुपर्छ । कम्तिमा पनि ६ देखि आठ घन्टा आरामले सुत्ने ।
प्रकाशित मिति: ७ माघ २०७५, सोमबार