दिनभर पुजारी बनेर रातीमा रक्सी धोक्ने पण्डित र रवि लामिछाने उस्तै !


 


अशोक पौडेल
दिनभर पुजारी बनेर रातीमा रक्सी धोक्ने पण्डित र रवि लामिछाने उस्तै

रवि लामिछाने नामक मित्रले अब सिधा कुरा जनतासँग भन्ने नाटक बन्द गरे हुन्छ । तिम्रा इस्टिङ अप्रेशन अब कसैले पत्याउने वाला छैन । आफ्नो व्यक्तिगत जीवन भद्रगोल भएकाले देश नै आफूले चलाएजस्तो गर्ने ।

हामीले पनि बुझेका छौै मित्रले गरेका इस्टिङ रिपोर्टिङ प्रति जनताको समर्थन । तर, त्यसको भित्री नियत के भन्ने बुझ्न जरुरी हुन्छ। म धेरै भन्दिन, तर एक हप्ता अघिसम्म हामीबीचमा केहीपनि छैन भनेर आफ्नो गलत हल्ला फैल्याउने मित्रले चलाएको सिधा कुरा जनतासँग नामक प्रोपोगाण्डाबाट अब हामी कति झुक्किने ?

आफ्नो व्यक्तिगत जीवन लथालिङ्ग र भद्रगोल भएका लामिछानेले अरुका परिवार मिलाएँ, समाज सुधारेँ, नेतालाई तह लगाएँ, बेथितिको अन्त्य गरेँ भनेर स्याल हुइयाँ नमच्याए हुन्छ। दिनभर पुजारी बनेर रातीमा रक्सी धोक्ने पण्डित र व्यक्तिगत रुपमा झुटका पुलिन्दा रविले टिभीमै उफ्रेर समाज सुधारको दाबी गर्नु उस्तै हो ।

प्रकाशित मिति: ७ माघ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्