मोरङ प्रहरीद्धारा ३ सय ४९ जना फरार प्रतिवादी पक्राउ


 


विराटनगर, माघ ७

जिल्ला प्रहरी कार्यालय मोरङले पछिल्लो समयमा फरार ब्यक्तिलाई पक्राउ गर्ने क्रम बढेको छ । जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहतले सर्वोच्च अदालतको घोषणा गरेको फैसला कार्यान्वयन बर्षलाई परिणाममुखी बनाउन अभियान चलाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

जिल्ला अदालत तथा उच्च अदालतबाट फैसला भएको तर कैद तथा जरीवाना भुक्तान नगरी फरार रहेका ब्यक्तिहरूको खोजीलाई तिब्र पारी पक्राउ गर्ने क्रम बढेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार मंसिरमा २३ जना तथा पुसमा ३ सय २६ जनालाई पक्राउ गरिएको छ । त्यस्तै चोरी, कर्तब्य ज्यान, लागु औषध, ठगी लगायतका मुद्दाहरूको अदालतबाट फैसला भई फरार भएका ब्यक्तिहरूलाई पक्राउ गरी अदालतमा बुुझाईएको बताए ।

प्रकाशित मिति: ७ माघ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्