काठमाडौंमा युवती र ग्राहक मिलाउने यौन धन्दा, यसरी हुन्छ बार्गेनिङ


 


राजधानीको रत्नपार्क र नयाँ बसपार्क पछिल्लो समय यौन अखडा बन्दै गएको छ । यौनधन्दा हुने यी ठाउँमा ‘दलाल’ हरुको बिगबिगी छ । ग्राहक र यौनकर्मी, यी दुई पक्षका बीचमा बसेर नाफा खाइदिनु उनीहरुको दैनिकी बनेको छ । बसपार्क र रत्नपार्कका आसपासमा साँझको समय एकैछिन् उभिए मात्रै पुग्छ, तिनीहरु तपाईँमाझ आफैँ आइपुग्छन् ।

तिनीहरुको प्रश्न हुनेगर्छ, ‘दाई के चाहिएको होे ? केटी चाहिएको भए म मिलाइदिन्छु ? एकदमै च्वाँकच्वाँक ।’ यसो भन्दै उनीहरु तपाईंको सामीप्यतामा आउँछन् । तपाईंले उसँग वार्ता गरिहाल्नुभयो भने उसले आफ्नो कुरा सबै बताएर तपाईंलाई कसरी हुन्छ कन्भिन्स् गर्न तयार हुन्छ ।

यदि तपाईंलाई कन्भिन्स् गर्न सक्यो भने उसलाई बेलुकाका लागि ‘रक्सीसँग सितन’ जोहो हुन्छ । दिउँसो न उसकोे कुनै जागिर छ, न अन्य कुनै व्यवसाय । साँझको समयमा २ देखि ३ घण्टा रत्नपार्क र नयाँ बसपार्कको छेउछाउमा बस्यो भने उसको जिन्दगी हासिखुशीले चल्छ ।

उसको काम नै यौनकर्मीलाई ग्राहक जुटाइदिने र ग्राहकलाई यौनकर्मीसम्म पु¥याइदिने हो । उसले दुवै पक्षबाट कमिसन खाने गर्छ । प्रहरीका अनुसार आफूलाई ‘गाइड’ बताउने यस्ता दलाल विभिन्न आवरणमा छ्यापछ्याप्ती भेटिन्छन् । रात्रिकालीन व्यवसाय सञ्चालन भइरहेका स्थान वरपर यिनै दलालहरूको राज नै चल्छ ।

दलालको चर्तिकला
साउदीबाट आएका साने काजी (नाम फेरिएको) काठमाडौं नयाँ बसपार्कको एक होटलमा बसे । भोलिपल्ट उनको गाडीको टिकट थियो । भोलि जाने भएपछि उनी साँझ बाहिर निस्किए । नयाँ बसपार्क आकाशेपुल पुग्दा उनको नजिकै एक युवा आए । ‘दाइ के चाहियो, होटल ?’, उनी बोलेनन् तर उसको प्रश्न आइरह्यो । उनलाई इच्छा जाग्यो उसँग बोल्ने । पहिला पनि काठमाडौं बसेका काजीलाई थाहा थियो यौनधन्दाका लागि युवाले आफूसँग कुरा गर्न खोजेको ।

काजीले भने, ‘म विदेशबाट आएको, मलाइ रमाइलो गर्नु छ ।’ ती ‘दलाल’ले उनलाई ३ हजार मा ‘रातभर’ बस्ने गरी यौनसाथी मिलाउने वचन दिए । ‘तपाईं होटलमा गएर रोज्नुहोस् । मन परे ओके गरौँला, नभए केही हुँदैन ।’ त्यति भन्दै अर्का मान्छेसँग डिल गर्न थाले ‘दलाल ।’
काजी त्यहीँ अडिए र सोधे, ‘अब म कहाँ रोज्न जाने ?’ ‘दलाल’ले जवाफ दिँदै भने, ‘नयाँ बसपार्कको गेटभन्दा नजिकैको होटलमा हो ।’
काजी उनीसँग वार्ता गर्दै थिए दलाल आँत्तिरहेको थियो । ‘जाने भए जान्छु भन्नुस्, होइन भने होइन भन्नुस् ।’ ‘अलिअलि मिलाउन मिल्छ भने मिलाऊ न’, काजीले केही दर घटाउन आग्रह गरे ।

उसले बेलीबिस्तारमा भन्यो, ‘हामीले मिलाइदिने मात्र हो । मलाइ एउटा मिलाएवापत २ सय देखि ३ सय ५० मात्रै हो दाइ । त्यसमा तपाईंले मलाई दिनुपर्दैन, होटलको साहुजीले दिन्छ । त्यतिमात्रले पुगेन, हाम्रो सुन्धारामा पनि यस्तै छ । जिल्लाबाट भर्खरभर्खरका युवती आएका छन् । नभए हामीसँग अधवैंशे पनि छन्, तपाईंलाई मन परे जुनलाई रोज्दा पनि हुन्छ ।’ त्यत्तिकैमा प्रहरीले साइरन बजाउँदै त्यस्तै दलालहरुलाई समातेर ल्याएको रहेछ । दलाल भाग्यो ।

मोबाइलबाटै बार्गेनिङ
प्रहरीका अनुसार फेसबुक, भाइबरजस्ता सञ्जालमा पहुँच भएका ‘दलाल’हरुले अनलाइनबाटै ग्राहक जुटाउँछन् । मोलसमेत उल्लेख भएका फोटोहरू ग्राहकलाई देखाउँछन् । ग्राहकलाई चित्त बुझे भेट्ने स्थान पक्का हुन्छ । स्थान पक्का भएपछि युवती पनि आउँछन् जो आफूलाई मोडल भन्छन् र उनीहरूको लवाइ पत्याउने खालको पनि हुन्छ । त्यसपछि ग्राहकलाई होटलमा लिएर जान्छन् र, शुरु हुन्छ– ग्राहक लुटिने क्रम ।

शहरमा यौन धन्दा घटेको छैन । प्रहरीले निगरानी बढाएको छ । तर बढ्दो बेरोजगारी, काठमाडौंको महँगी मिटर अनि थोरै रकममा जिन्दगी समायोजन, सम्भव नै छैन । मान्छे शुरुमा रमाइलो, त्यसपछि लत अनि बाध्यताले दिनदहाडै यौन धन्दामा फसिरहेको बताउँछ प्रहरी । सामाजिक सञ्जालले यसलाई अरु सजिलो बनाइदिएको छ शहरमा यौनसाथी खोज्न ।

प्रकाशित मिति: ७ माघ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्