७ हजार लास चिरफार गरे, रातभरि डर लाग्यो भिडियो सहित


 


उर्लाबारी,कहिले काँही हात चल्न खोज्छ, दायाँ फर्कायो, बायाँ फर्कन्छ, लाग्छ– पोष्टमार्टम गर्न ल्याएको लास वौरिन खोज्दैछ– ‘यो भनाइ हो उर्लाबारी–३ का बिनोद मरिकको । मरिक स्थानीय मङ्गलबारे अस्पताल (साविक प्राथमिक स्वास्थ्य केन्द्र )को पोष्टमार्टम विभागमा २०६४ देखि कार्यरत हुनुहुन्छ ।
औषत मानिस स्वाभाविक मृत्युसँग पनि डराउँछन् । अझ पूर्वीय परम्परामा भूतप्रेत र पिचासको बारेमा उत्तिकै चर्चा हुने गर्छ । तर ३१वर्षीय मरिकले भने सधैं लाससँग खेल्नुपर्छ । उहाँ भन्नुहुन्छ –एकातिर पल्टाउन खोज्यो लास अर्कैतिर पल्टछ, मरिकलाई थाहा छ यो लास हो भन्ने । यद्यपि कहिलेकाँही मुर्दाले उहाँलाई रातभरि जिस्क्याउँछ ।

सुरुसुरुमा त मुर्दाले मरिकको महिनौ दिन निन्द्रा लुट्यो, भोक खोस्यो । जागिरको थुप्रै विकल्पको खोजी गर्नुभयो । तर २ जना छोरा छोरा र श्रीमतीलाई दुई छाक जाउलो जुटाउने उपाय उहाँसँग केही छैन् । बिनोद भन्नुहुन्छ –‘अपगति परेर मरेका मान्छेको लास चिरेर डोरीले सिलाउने काम चानचुने होइन । अझ मरेको ८÷१० दिनपछि ल्याइएका लासको पोष्टमार्टम गर्न झन गाह्रो हुन्छ । स्याउस्याउ किरा भएको लास किरा पन्छाउँदै चिर्नुपर्छ । अनि सिलाउनु पनि पर्छ’– विनोदले आफ्नो पेशाप्रति दिक्दारी प्रकट गर्नुभयो ।

उर्लाबारी–३ मंगलबारेस्थित मङ्गलबारे अस्पतालमा सरदर प्रत्येक दुई दिनमा एउटा लास पोष्टमार्टमका लागि आउने गर्छ । ११ वर्षको अवधिमा कति लास चिर्नु भयो भन्ने जिज्ञासामा उहाँले भन्नुभयो – झापाको दमकमा पोष्टमार्टम हुन थालेपछि यहाँ अलि घटेको छ । अघिल्लो वर्ष सम्म दैनिक एउटा लास पोष्टमार्टम भएको थियो । मरिक अस्पताल विकास समिति अन्तर्गतका कर्मचारी हुनुहुन्छ । मासिक ८ हजार ८ सय तलवमा काम गरिरहेका विनोदले भन्नुभयो थोरै तलवमा गाह्रो काम गर्नुपर्छ । हाम्रो माग ुनुवाई नै हुँदैन ।
यस्तो काम गर्न डर र माया लाग्दैन भन्ने जिज्ञासामा उहाँ भन्नुहुन्छ–‘हाम्रो जातै जम्दार’ टन्न खायो काम गरो । के गर्नु ? बाँच्नका लागि केही काम त गर्नै प¥यो ।

जातले पाएको हामीले नगरे कस्ले गर्ला र ? उनले विरोधाभाष सन्तुष्टी व्यक्त गरे ।अस्पतालका सिनियर अहेव योगेन्द्र कट्टेलका अनुसार अनुसार उर्लाबारी अस्पताल मंगलबारेमा आ.व. ०७४÷०७५ मा २ सय ८६ वटा लासको पोष्टमार्टम भएको थियो ।यस्तै आ.व. ०७३÷०७४ मा ३ सय ६४ वटा लासको पोष्टमार्टम भएको थियो भने आव ०७२÷०७३ मा २ सय ९३ वटा लाश पोष्टमार्टम भएको थियो ।
गत वर्ष देखि दमकमा पनि पोष्टमार्टम सेवा सुरु भएपछि मङ्गलबारे अस्पतालमा केही चाप घटेको अहेव कट्टेलले बताउनु भयो ।

प्रकाशित मिति: ७ माघ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्