खाडी मुलुकमा नेपाली युवती बेच्ने ओखलढुंङ्गाका खुङ्खार तस्कर दिल्लीबाट पक्राउ
काठमाडौं नेपाली युवतीलाई खाडी मुलुकमा बेचबिखन गर्दै आएका खुङ्खार मानब तस्कार लोप्साङ लामालाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।
नेपाली चेलीलाई भारतीय बाटोहुँदै खाडी मुलुक पुर्याएर बेचबिखन गर्दै आएका ओखलढुङ्गाका लामालाई दिल्ली प्रहरीको विशेष टोलीले पक्राउ परेको हो । प्रहरीले पिछा गरेको थाहा पाएपछि लामाले यमुना नदिमा हाम फालेका थिए ।
लगत्तै लामालाई प्रहरीले नदीभित्र छिरेर पक्राउ गरेको थियो । उनलाई पक्राउ गर्न भारतीय प्रहरीले टाउकोको मूल्य तोकेको थियो । भारतीय एक लाख पुरस्कारको घोषणा गरेको प्रहरीले लामालाई बौद्ध गुम्बामा प्रार्थना गरिरहेको सूचना पाएर पिछा गरिरहेको थियो ।
लामा दलालमार्फत नेपाली युवती भारत पुर्याउने र उनीहरूलाई भारतका विभिन्न सहरहरुबाट खाडी र अफ्रिका पठाउने कार्यमा संलग्न थिए । लामाको साथमा नेपाली राहदानी रहेको भारतीय प्रहरीले उल्लेख गरेको छ ।
यसअगाडि लामाले भारत पुर्याएका धेरै नेपाली चेलीलाई त्यहाँको प्हरी र मानव अधिकारीकर्मीहरुले उद्धार गरेका थिए ।
प्रकाशित मिति: ७ माघ २०७५, सोमबार