सडक पाइलटसँग अन्तरंग सरकारले नियुक्ति देओस् हामी गाडी नै सुम्पन्छौं टंकबहादुर खड्का
हातमा दाम पर्न थालेपछि एकाएक मानिस आफ्नो काम कर्तब्य भुल्छ । २०५३ सालमा एसएलसी पास गरेका उदयपुरका ३८ वर्षे लक्का जवान टंकबहादुर खड्काले पढेनन् । उनी जब गाडीमा खलासीको रुपमा लागे तब उनले आफ्नो कर्तव्य भुले । यही लाइनमा रमाए । यही लाइनमा करियर बनाए । सीप तिखारे । २३ वर्ष यो लाइनमा समय बिताएपछि अहिलेमात्र उनले टाउको हात राख्न थालेका छन् । हैट † के भयो यस्तो ? किन त ? सडक पाइलटसंगको अन्तरड्डमा साँघु प्रतिनिधिले तिनै बा ४ ख ९८९६ नम्बरको गाडीका स्वरोजगार खड्कासंग गरेको कुराकानीको यो मुख्य अंश–सम्पादक)
० कति भयो गाडी लाइनमा लागेको ?
–२३ वर्ष भयो । एसएलसी दिएपछि काठमाडौं आएँ । एसएलसी पास भएँ । तर पढिएन । गाडी लाइनमा छिरेपछि मेरो पढ्नतिर ध्यान गएन । सुरुको दुई वर्ष जति खलासी गरें । ३ वर्ष जति गाडीको कन्डक्टर भएँ । १९ वर्ष जति भयो गाडी नै चलाउन थालेको त । पहिले बसकै खलासी गरें ।
० पढेको मान्छेले अरु केही गरौं भन्ने लागेन ?
–गरें नि गर्न त बुबाको दवावले । गाडी लाइनमा लागेर गाडी सिकेपछि लाइसेन्स लिनुप¥यो । त्यसका लागि लाइसेन्स बनाउन घर गएको थिएँ । बुबाले मान्नु भएन । ड्राइभर पनि बन्ने हो भनेर गाली गर्नुभयो । अनि स्रोत व्यक्तिका रुपमा एक वर्षजति स्कूल पढाएँ । अनि नागरिकता लिएपछि भागें घरबाट । मैले चार महिना जति । बिहे गर्नुअघि मैले चार महिना प्रहरी जवानको जागिर पनि खाएँ । जम्मा रु. ३३००। को तलवले मलाई चित्त बुझेन । अनि छोडें । फेरि बिहे भन्दा अगाडि पैसा त आज कमायो भोलि उडायो ।
० कहिले ज्ञान भयो त ?
–बिहे गरेपछिमात्र पैसाको अर्थ बुझियो । छोराले रातो र श्रीमतीले तातो खोज्दा रै’छन् । अनि पैसा बचाउन थालियो । जिम्मेवार भैयो ।
० कमाइ राम्रो भयो ?
–राम्रो त के कमाउनु । पैसा कमाउन म चार वर्ष साउदी अरब गएर काम गरें । त्यहाँ ठूलो ट्रेलर चलाइयो । अनि नेपाल आएर आफै गाडी किनेर चलाइयो । पछिल्लो समय पनि आफ्नै गाडी चलाइरहेको छु ।
० कस्तो छ अहिले गाडीलाइन ?
–खत्तम छ । बर्बाद छ । म नेपाल यातायात मिनीबस व्यवसायी संघको सदस्य पनि हुँ । सिन्डिकेट हटाउने नाममा सरकारले वर्वाद गरेको छ । कालो धनलाई सेतो बनाउन यस्तो नाटक गरियो । गाडीमा लगानी गरे फाइदा हुन्छ भनेर गाडी थपे । डुबे । तर मजस्ता गाडीमा लगानी गरेकाहरू अहिले घर न घाटका भएका छौं । हामीलाई मार्ने योजना सरकारले बनायो । सिन्डिकेट हटाउँछु भनेर मात्र हुँदैन नियम कानूनलाई पार लगाउनु पर्छ । सिन्डिकेट हटाउनु बैंक डुबाउने काम हो । बैंकले पहिले थोरै प्रतिशत डाउन पेमेन्ट गरेर गाडी दिन्थ्यो । अब ५० प्रतिशत पु¥याउने रे । अनि कसले लिन्छ बैंकबाट ऋण । बैंकबाट गाडी लिएकाहरू डुबेका छन् । केही बेपत्ता भए । त्यसको घाटा कसलाई बैंकलाई ।
० नराम्रै भयो त सिन्डिकेट हटाएर ?
–कसरी राम्रो भयो । एकाधिकार पो हुनुहुँदैन । तर सोच्ने युरोप शैलीमा काम केही नगर्दा पनि कहीं हुन्छ ? गाडी त सम्मानजनकरुपले पो चलाउन दिनु पर्छ । मजस्ता सबैलाई सरकारी नियुक्ति देओस् हामी सरकारलाई गाडी सुम्पन्छौं । मैले लाइसेन्स लिएको मितिदेखिको नियुक्ति देओस् गाडी बुझाउँछौं । गाडी चलाएको यत्रो बर्षपछि सरकारले सोच्न बाध्य पा¥यो कि हामीजस्तो जिम्मेवार नागरिकलाई गाडी लाइनमा लागेर गल्ती गरेको जस्तो लाग्न थालेको छ ।
० किन यस्तो भयो ?
–हामीलाई गरिएको व्यवहारले । हामी राज्यका कुन अंग ? हामीलाई नागरिकको दर्जा दिएजस्तो पनि लाग्दैन । हेराइ नै नराम्रो छ । म पनि विश्वबजार बुझ्छु । साउदी, कतार, बहराइन गएको छु । तर, नेपालको जस्तो हेपाहा प्रवृत्ति कतै छैन । लाइसेन्स रिन्यु गर्न एक वर्ष लगाउँछ । यस्तो मुलुक कतै होला ?
० अब के होला त ?
–भताभुङ्ग भयो । केही हुँदैन । अहिले यातायात व्यवसायीले कमाएर खाइरहेजस्तो लाग्दैन । यस्तै अवस्था रहे दुई वर्षपछि गाडी पनि चलाउन सकिँदैन होला । गाडीले किस्ता बुझाउन नसके गाडी बैंकले लान्छ अनि सेवा कसले दिन्छ ?
० के गर्नुपर्छ ?
–सर्वप्रथम यसको सुझावका लागि आयोग बनाइएको छ । त्यो आयोगले दिएको सुझाव कार्यान्वयन गरियोस् । राजनीति नहोस् । संघ÷समिति बन्द गर्ने रे तर प्रालि खोलेर महासंघ चलाउन हुने रे । त्यो राजनीति भयो । हामी जस्तो थोरै लगानी गरेर जीविकोपार्जन गर्नेको लगानी डुबे कसरी बाँच्ने । यतातर्फ सरकारले सोचोस् । कुर्सीमा बसेर मात्र हुँदैन । गाडी चला अनि कमाएर दे भन्न सक्नुप¥यो । हामीलाई अलपत्र नपारियोस् ।
प्रकाशित मिति: ७ माघ २०७५, सोमबार