बिश्वले चिनेकाे तर नेपाल सरकारले नहेरेकाे बराहक्षेत्र चतराधाममा एक महिने अर्ध कुम्भ मेला लाग्दै


 


तेजबहादुर बन इटहरी । ऐतिहासिक धार्मिक पर्यटकिय स्थलकाे रूपमा परिचित सुनसरीकाे बराहक्षेत्रमा आगामि चैत्र २३ गते देखी बैशाख २४ गते सम्म दोस्रो पिण्डेश्वर अर्ध महाकुम्भ आयोजना गरिने भएको छ । एक महिना लामाे लाग्ने कुम्भ मेलामा हिन्दु धर्ममाथि आश्था बाेकेका लाखाै भक्तजनहरूकाे उपस्थिति रहने साेमबार आयाेजित पत्रकार सम्मेलनमा जानकारी गराइएकाे छ ।

इटहरीकाे राधाकृष्ण शिवालय मन्दिर परिषरमा भएकाे पत्रकार सम्मेलनलाइ सम्बाेधन गर्दै प्रथम जगतगुरू बालसन्त मोहनशरण देवाचार्यले यसअघि २०७०/७१मा आयाेजना गरिएकाे बाह्रबर्षे महाकुम्भ मेलाले प्राचीन हरिद्धार चतराधाम बराहक्षेत्रलाइ बिश्वमाझ चिनाएकाे र आगामि चैत्रमा लाग्ने कुम्भ मेलाले धर्ममाथि थप आश्था जगाउने र भाइचाराकाे सम्बन्ध बलियाे बनाउदै मुलुकलाइ हिन्दु राष्ट्र निर्माणमा टेवा पुग्ने बताउनुभयाे ।

उक्त मेलामा लाखाै भक्तजनका साथै विभिन्न शहरबाट सवै सम्प्रदायका आचार्यहरु, शंखराचार्य,पीठाधिश, मठाधीश, साधुसन्त, महन्तहरुको सहभागिता हुने जनाईएको छ ।बिश्व माझ चिनिएकाे चतराधाम बराहक्षेत्रलाइ अझ बिकशित तुल्याउन याे मेलाले थप टेवा पुग्ने जगतगुरू बालसन्त मोहनशरण देवाचार्यले पत्रकार सम्मेलनमा बताउनुभयाे ।

यस बिषयमा प्रदेश सरकारसंग आवश्यकिय छलफल चलिरहेकाे र चाडै एक नं प्रदेशका मुख्य मन्त्री शेरधन राइ संग पनि कुम्भकाे बारेमा चर्चा परिचर्चा गर्दै बिभिन्न सहयाेगहरू लिन सकिने र अहिले त्यसैकाे तयारी भइरहेकाे पनि जगतगुरू देवाचार्यले बताउनुभयाे ।

स्विटजरल्याण्डकाे भ्रमण सकेर श्वदेस फर्किए लगत्तै प्रधानमन्त्री ओली संग पनि कुम्भ मेलाकाे बिषयमा थप ब्रिफिङ गरिने जगतगुरू देवाचार्यले जानकारी गराउनुभयाे । धार्मिक एकता, राष्ट्रियता, सार्वभौमिकता र नेपालको पहिचान विश्वमा चिनाउने उद्धेश्यले याे मेलाकाे तयारी भइरहेकाे पनि उहाले जानकारी गराउनुभएकाे छ ।

नेपालमा पहिलो पटक २०५९ सालबाट कुम्भ मेला लगाउन थालिएको हाे साथै गत २०७० /७१मा बाह्रबर्षे महाकुम्भ मेला समेत भब्यताका साथ सम्पन्न गरिएकाे थियाे ।

प्रकाशित मिति: ७ माघ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्